सोमबार, माघ ५, २०८२

प्रशिक्षक प्रशिक्षणमा ४ संघलाई सहयोग गर्दै बागमती

ब्याडमिन्टन, एथलेटिक्स, रग्बी र आईटीएफ तेक्वान्दोको प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न परिषद्ले सहयोग गर्ने भएको हो।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं– बागमती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न ४ खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सहयोग गर्ने भएको छ। ब्याडमिन्टन, एथलेटिक्स, रग्बी र आईटीएफ तेक्वान्दोको प्रशिक्षक प्रशिक्षण सञ्चालन गर्न परिषद्ले सहयोग गर्ने भएको हो।

National life

सो सम्बन्धी सम्झौता पत्रमा परिषद् र सम्बन्धित खेलका राष्ट्रिय संघबीच बुधबार हस्ताक्षर भयो। परिषद्का सदस्य–सचिव सूर्यलाल भण्डारी, ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठ, एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्र गुरुङ, रग्बी संघका अध्यक्ष टंकलाल घिसिङ र आईटीएफका अध्यक्ष अञ्जन धमलाले सम्झौता पत्रमा हस्ताक्षर गरे।

ब्याडमिन्टनको कात्तिक ५ देखि ६ गतेसम्म तथा एथलेटिक्सको असोज ९ देखि १३ गतेसम्म काठमाडौंमा प्रशिक्षण हुनेछ। चितवनमा असोज १९ र २० गते रग्बी तथा रामेछापमा असोज १६ र १७ गते रामेछापमा प्रशिक्षण हुने भएको  छ। चारै खेलको प्रशिक्षणका लागि परिषद्ले २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

सदस्य–सचिव भण्डारीले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भएकाले प्रशिक्षण कार्यक्रममा जोड दिइएको बताउदै प्रतियोगिता र पूर्वाधारसँगै प्रशिक्षकको स्तरवृद्धिमा पनि उत्तिकै ध्यान दिनु पर्ने आवश्यकता औँल्याए। उनले आगामी दिनमा आवश्यकता अनुसार कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै राष्ट्रिय खेल संघलाई जिम्मेवार बनाउन संघसँग सहकार्य गरेर कार्यक्रम आयोजना गरिएको बताए।

रग्बी अध्यक्ष घिसिङले प्रशिक्षक उत्पादनका साथै उनीहरुको स्तरवृद्धि गर्न कार्यक्रम महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गर्दै सहकार्यका लागि परिषद्लाई धन्यवाद दिए। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुभाष श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 22, 2021| 19:21 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।