शनिबार, साउन १६, २०८३

थप ५० करोड डोज फाइजर खोप अनुदान दिँदै अमेरिका

अमेरिकाले अनुदानमा दिइने खोपलाई आगामी जनवरीदेखि ढुवानी गर्न सुरु गर्नेछ। 'जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउनेछ,' उनले भने।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

वासिङ्टन डिसी- संयुक्त राज्य अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर कोभिड–१९ खोपहरू खरिद गर्ने घोषणा गर्ने तयारी गरेको बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीले बुधबार जानकारी दिएका छन्। 

योसँगै अमेरिकाले कुल एक अर्ब १० करोडभन्दा बढी खोपहरू संसारलाई अनुदान दिने भएको छ। वरिष्ठ प्रशासकीय अधिकारीले कोभिड–१९ अन्त्य गर्न विश्वव्यापी शिखर सम्मेलनको पूर्व अवलोकन गर्दै भने, 'बिहीबार राष्ट्रपति बाइडेनले अमेरिकाले विश्वभरका निम्न र निम्न मध्यम आय भएका देशहरूलाई अनुदान दिन थप ५० करोड फाइजर कोभिड–१९ खोपहरू किनिरहेको घोषणा गर्नुहुनेछ।'

ती खोप निशुल्क अनुदान दिइने उनको भनाइ छ। अनुदान दिन लागिएका खोपमध्ये यी आधा अर्ब खोपहरू संयुक्त राज्य अमेरिकामा अमेरिकी कम्पनी र कामदारद्वारा उत्पादन हुनेछन्। 

अमेरिकाले अनुदानमा दिइने खोपलाई आगामी जनवरीदेखि ढुवानी गर्न सुरु गर्नेछ। 'जनवरीदेखि अर्को वर्षको सेप्टेम्बरसम्ममा अमेरिकाले ८० करोड खोपहरू विश्वभर पठाउनेछ,' उनले भने। 

अमेरिकाले अहिलेसम्म विश्वलाई ६० करोड भन्दा बढी काभिड–१९ विरूद्धको खोपको मात्रा अनुदान दिने प्रतिबद्धता जनाइसकेको उनले बताए। 

अहिलेसम्म संयुक्त राज्य अमेरिकाले अहिलेसम्म नेपाल, पेरू, पाकिस्तान, श्रीलङ्का, सुडान र एल साल्भाडोरदेखि इथियोपियासम्मका विश्वभरका १०० देशहरूमा यी मात्रा झन्डै १६ करोड मात्रा ढुवानी गरेको छ।

प्रकाशित: Sep 22, 2021| 21:47 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्