बिहीबार, असोज २२, २०८३

भारतका लागि राजदूत आचार्यले भने - थप धेरै खोप पाउने आशा छ

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको कोरोनाविरुद्धको खोप निर्यातको निर्णयको स्वागत गर्दै थप धेरै खोप प्राप्त गर्ने आशा व्यक्त गरेका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

नयाँ दिल्ली- भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले भारतको कोरोनाविरुद्धको खोप निर्यातको निर्णयको स्वागत गर्दै थप धेरै खोप प्राप्त गर्ने आशा व्यक्त गरेका छन्। 

राजदूत आचार्यले बुधबार भारतीय सञ्‍चारमाध्यमलाई प्रतिक्रिया दिँदै भारतको खोप निर्यात अक्टोबरदेखि पुन: सुरु गरिने निर्णयको स्वागत गरेका हुन्। उनले भारतको पुणेस्थित सिरम इन्स्टिच्युटबाट २० लाख डोज खोप खरिद गरेकोमा १० लाख डोज खोप उपलब्ध भइसकेको बताएका छन्। 

उनले भने, 'भारतले अक्टोबरदेखि भ्याक्सिन मैत्रीअन्तर्गत खोप निर्यात गर्ने निर्णयले हामीले थप धेरै खोप प्राप्त गर्न आशा राखेका छौं।' 

भारतका स्वास्थ्य तथा परिवार कल्याणमन्त्री मानशुख मान्डाभियाले सोमबार भारतले अक्टोबरदेखि खोप निर्यात सुरु गर्ने बताएका थिए। यसअघि भारतका कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि अप्रिलदेखि खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो। 

भारतले नेपाले खरिद गरेको थप १० लाख डोज खोप उपलब्ध गराउन बाँकी रहेको छ। उक्त खोपका लागि नेपाल सरकारले फागुनमा नै भुक्तानी गरिसकेको थियो। 



प्रकाशित: Sep 22, 2021| 20:32 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सांसद अरुण चौधरीको नाम मतदाता नामावलीमा चढाउन निवेदन

राष्ट्रपतिको निर्वाचन कार्यतालिकाअनुसार मतदाताको नामावलीमा दाबी विरोध गर्न तोकिएको अन्तिम दिन बिहीबार मध्याह्नसम्म ५ वटा निवेदन परेका छन्।

राष्ट्रपति निर्वाचनलाई ८८१ मतदाताको नामावली सार्वजनिक

संघीय संसद्का ३३१ र प्रदेशसभाका ५५० जनाको नाम समावेश गरेर आयोगले ८८१ मतदाताको नाम सार्वजनिक गरेको हो।

८८१ मतदाताले चुन्नेछन् नयाँ राष्ट्रपति

प्रतिनिधिसभा सदस्य २७५, राष्ट्रिय सभा सदस्य ५९ र प्रदेशसभा सदस्य ५५० गरी राष्ट्रपति निर्वाचनमा ८८४ जनाले मतदान गर्ने भएका हुन्।

राष्ट्रपति–उपराष्ट्रपतिको निर्वाचन गर्न निर्वाचन अधिकृतको कार्यालय खुल्यो

निर्वाचन आयोगले आगामी २५ फागुनको राष्ट्रपति निर्वाचन र ३ चैतमा हुने उपराष्ट्रपति निर्वाचनका लागि संघीय संसद् भवन रहेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र परिसरमा कार्यालय स्थापना गरेको...

चितवन २ को उपनिर्वाचनका लागि दल दर्ता आह्वान

आयोगले प्रतिनिधिसभाका निवर्तमान सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि रिक्त चितवन २ मा १० वैशाखमा हुने भनिएको उपनिर्वाचनका दल दर्ता गर्न आह्वान...