शनिबार, साउन १६, २०८३

पुसदेखि बालबालिकालाई पनि खोप लगाउने तयारी छ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पुस महिनाबाट बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको बताएका छन्।
 |  बुधबार, असोज ६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज ६, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पुस महिनाबाट बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप लगाउने तयारी भइरहेको बताएका छन्। खोपका लागि विश्वव्यापी साझेदारी (गाभी)मार्फत् ४० लाख मात्रा मोर्डना खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा रहेको मन्त्री उमेश श्रेष्ठले बताए।

बुधबार स्वास्थ्य समितिको बुधबार बसेको बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको जानकारी दिए। 'मोर्डनाको ४० लाख डोज र फाइजरको ६० लाख डोज खोप ल्याउन लागिएको छ, राज्यमन्त्री श्रेष्ठले भने, ‘मोर्डना खोप ल्याउने प्रक्रिया अन्तिम चरणमा छ। फाइजरका लागि प्रक्रिया अघि बढेको छ।’

आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको उनले बताए। हालसम्म नेपालले १ करोड ७७ लाख मात्रा खोप नेपालले प्राप्त गरेको राज्यमन्त्री श्रेष्ठले जनाकारी दिए। नेपालमा हालसम्म  ५६ लाख २८ हजार नागरिकले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन्।

प्रकाशित: Sep 22, 2021| 19:05 बुधबार, असोज ६, २०७८
प्रतिक्रिया दिनुहोस्