सोमबार, फागुन १८, २०८२

कोभिड-१९ डेल्टा भेरियन्ट संक्रमितमा देखिने लक्षण परिवर्तन, कस्ता छन् नयाँ लक्षण ?

पछिल्लो समय गरिएको एक अध्ययन अनुसार डेल्टा भेरियन्ट संक्रमितमा देखिने लक्षणहरुमा परिवर्तन आएको पाइएको छ।
 |  बिहीबार, असोज ७, २०७८

अलजजिरा

अलजजिरा

बिहीबार, असोज ७, २०७८

काठमाडौं- कोरोना भाइरसको डेल्टा भेरियन्ट संक्रमणपछि महामारीको कोर्समा परिवर्तन आएको बताइएको छ। विगतका भेरियन्टभन्दा निकै संक्रामक मानिएको डेल्टा भेरियन्ट अहिले विश्वभरका अधिकांश मुलुकहरुमा फैलिएको छ। 

त्यसैगरि कोरोनाविरुद्धको खोप पनि कम प्रभावकारी नभएको बताइएको छ। यसका लागि बुस्टर खोप लगाउनुपर्ने चिकित्सा विज्ञहरुले बताइरहेका छन्। तर, पछिल्लो समय गरिएको एक अध्ययन अनुसार डेल्टा भेरियन्ट संक्रमितमा देखिने लक्षणहरुमा परिवर्तन आएको पाइएको छ। 

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना संक्रमितका साझा लक्षणहरुमा :

- निरन्तर खोकी लाग्‍नु

- एक्कासी उच्च तापमानको ज्‍वरो आउनु

kumari

- स्वाद र गन्ध थाहा नपाउनु

- थकान महसुस गर्नु

तर, पछिल्लो समय खोप लगाएका व्यक्तिहरुमा देखिने लक्षणहरु :

- टाउको दुख्‍नु

- नाकबाट पानी बगिरहनु

- हाँछ्यु आउनु

- घाँटी दुख्‍नु

- गन्ध थाहा नपाउनु

र, खोप नलागएका व्यक्तिहरुमा देखिन लक्षणहरु : 

- टाउको दुख्‍नु

- घाँटी दुख्‍नु

- नाकबाट पानी बग्‍नु

- ज्‍वरो आउनु

- लगातार खोकी लाग्‍नु ।



प्रकाशित: Sep 23, 2021| 05:20 बिहीबार, असोज ७, २०७८
प्रतिक्रिया दिनुहोस्