काठमाडौं- १५औँ अखिल नेपाल कानुन व्यवसायी राष्ट्रिय सम्मेलन पोखरामा हुने भएको छ। नेपाल बार एसोसिएनका कानुन व्यवसायीको उक्त सम्मेलन आगामी मङ्सिर २४, २५ र २६ गते पोखरामा हुनेछ।
१५औँ सम्मेलन पोखरामा गर्ने तय भएको बार उपाध्यक्ष रक्षा बस्यालले जानकारी दिइन्। ‘राष्ट्रिय कानुनी शासन र संवैधानिक सर्वोच्चता : व्यावसायिक र मर्यादित बार हाम्रो प्रतिबद्धता’ भन्ने मूल नारा रहेको छ।
बारले गत जेठ १४, १५ र १६ गर्ने भनिएको सम्मेलन कोभिड–१९ महामारीको जोखिमका कारण रोकिएको थियो।