अभिनेता राजेश हमालको स्वर रहेको गीत सार्वजनिक गरिएको छ। काठमाडौंमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै अभिनेता हमाल पहिलोपटक गायक बनेको गीत सार्वजनिक गरिएको हो।
एमाले महाधिवेशनमा केन्द्रीय सल्लाहकार परिषदका पदाधिकारीसमेत सदस्यहरूमध्येबाट निर्वाचित हुने १५ जना प्रतिनिधि र सल्लाहकार परिषदका अन्य सदस्यहरू राष्ट्रिय महाधिवेशनमा सहभागी हुनेछन्।
सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले प्रशासनिक निर्णयअन्तर्गत रिट निवेदकको मागअनुसार प्रधानन्यायाधीशले संवैधानिक इजलासमा मुद्दा पठाउने निर्णय गरेको बताए।
मुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्।
काठमाडौं महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराए बापत वार्षिक १५ लाख रुपैयाँका दरले अनुदान रकम उपलव्ध गराउने भएको छ।