शनिबार, चैत ७, २०८२

निर्णायक आन्दोलनको तयारीमा जुट्न शिक्षक महासंघको अपिल

नेपाल शिक्षक महासंघले सरकारले आफ्ना मागप्रति चासो नदेखाएको भन्दै कात्ति २८ गतेबाट गर्ने आन्दोलनको तयारी थाल्न शिक्षकहरुलाई अपिल गरेको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं– नेपाल शिक्षक महासंघले सरकारले आफ्ना मागप्रति चासो नदेखाएको भन्दै कात्ति २८ गतेबाट गर्ने आन्दोलनको तयारी थाल्न शिक्षकहरुलाई अपिल गरेको छ। महासंघले विगतमा भएका सबै सम्झौता कार्यान्वयन गर्न सरोकारवाला निकायमा जानकारी गराइसक्दा पनि सम्बन्धित पदाधिकारी तथा निकाय गम्भीर नदेखाएकाले काठमाडौं केन्द्रित निर्णायs आन्दोलनको तयारी थाल्ने जनाएको हो।

National life

महासंघले न्यायोचित माग पूरा गर्न थालिएको आन्दोलन र यसका कार्यक्रमबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री, सचिव तथा त्यस मन्त्रालयअन्तर्गतका अन्य निकायमा जानकारी गराउँदा पनि चासो नलिएको आरोप लगाएको छ। महासंघले नेपाल शिक्षक महासंघ र यसका सबै आबद्ध संस्थाका सबै तहका समिति तथा आम शिक्षक कर्मचारीलाई २०७८ कात्तिक २८ बाट हुने काठमाडौं केन्द्रित आन्दोलनका लागि आवश्यक तयारी गर्न अपिल गरेको छ।

नेपाल शिक्षक महासंघ विभिन्न माग राख्दै २०७८ वैशाख २० गतेबाट निरन्तर आन्दोलनमा छ। यसै क्रममा पाँचौं चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत २८ गतेबाट काठमाडौं केन्द्रित निर्णायक आन्दोलन गर्ने भएको छ।

महासंघले नेपाल शिक्षक महासंघ र यसका सबै आबद्ध संस्थाका सबै तहका समिति तथा आम शिक्षक कर्मचारीलाई २०७८ कात्तिक २८ बाट हुने काठमाडौं केन्द्रित आन्दोलनका लागि आवश्यक तयारी गर्न अपिल गरेको छ।

यसअघि महासंघले कात्तिक ३ गते  शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई ज्ञापनपत्र बुझाउँदै शिक्षकका माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी दिएको थियो। 

२०७५ फागुन ९ गते शिक्षा मन्त्रालय र महासंघबीच भएको सहमति कार्यान्वयन नभएको ज्ञापनपत्रमा उल्लेख थियो। यस्तै सहमित कार्यान्वयन नगर्दा स्थायी, अस्थायी करार, राहत, बालकक्षा, साविक उमावि लगायतका सबै प्रकारका शिक्षक तथा विद्यालय कर्मचारीका महत्त्वपूर्ण सम्झौता त्यसै अलपत्र परेको महासंघले ध्यानाकर्षण गराएको थियो। 

Laxmi sunrise bank
kumari

महासंघले विद्यालय कर्मचारी र बालकक्षा शिक्षकहरुको  २०७८/०७९ को बजेटले गरेको तलब बृद्धिसमेत नपाएको ज्ञापनपत्रमा उल्लेख छ। विद्यालय कर्मचारीभित्र पनि लेखापालको छुट्टै तलबमान हुनुपर्ने,  निजामती सेवा र शिक्षकहरुबीचमा भएको विभेद हटाउनुपर्ने, स्वास्थ्य बिमा, दुर्घटना बिमा तथा १० दिने भ्रमण काजको प्रबन्ध शिक्षकहरुका लागि पनि राज्यले अविलम्ब घोषणा गर्नुपर्ने, शिक्षक अस्पतालको कुरा बजेटमा आए पनि त्यसबारे बजेट विनियोजन सहित प्रष्टता आवश्यक रहेको जस्ता माग महासंघको छ।

प्रकाशित: Nov 03, 2021| 15:02 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्