शनिबार, जेठ २, २०८३

काठमाडौं महानगरले नेपाल भाषा पढाउन वार्षिक १५ लाख अनुदान दिने

काठमाडौं महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराए बापत वार्षिक १५ लाख रुपैयाँका दरले अनुदान रकम उपलव्ध गराउने भएको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

National life

काठमाडौं– काठमाडौं महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई स्नातकोत्तर तहमा नेपाल भाषा अध्यापन गराए बापत वार्षिक १५ लाख रुपैयाँका दरले अनुदान रकम उपलव्ध गराउने भएको छ।

महानगरको ७० औं कार्यपालिका बैठकले नेपाल भाषालाई विद्यालयदेखि विश्वविद्यालयसम्म अध्यापन गराउने उद्देश्यले उक्त क्याम्पसलाई अनुदान दिने निर्णय गरेको हो।

क्याम्पसले उठाउने शुल्क र महानगरको अनुदानबाट स्नात्तकोत्तर तहमा नेपाल भाषा पढाइ हुने र रकम अपुग भएमा विद्यार्थीबाट उठाउनुका साथै क्याम्पसले आफ्नो स्रोतबाट व्यवस्थापन गर्ने महानगरले जनाएको छ।

प्रकाशित: Nov 03, 2021| 14:23 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्