शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • नेकपा एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी : योगेश भट्टराई

नेकपा एकीकृत समाजवादी अवैध सम्बन्धबाट जन्मिएको पार्टी : योगेश भट्टराई

मुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका छन्। बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभाग प्रमुख भट्टराईले नेकपा (एकीकृत समाजवादी) लाई अवैध सम्बन्धबाट जन्मिएको पार्टीको संज्ञा दिएका हुन्। 

चितवनमा हुने पार्टीको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई मात्र बोलाउने बताउँदै अवैध सम्बन्ध र गर्भाधारणबाट जन्मिएको एकीकृत समाजवादी पार्टीलाई बोलाइरहनु नपर्ने बताए। उनले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई पहिचान र ठेगाना नभएको टिप्पणी गरे।

‘नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा प्रमुख राजनीतिक दलहरुलाई निमन्त्रण दिने कुरामा एकीकृत समाजवादीको पनि पत्रकार साथीले नाम लिनुभयो, प्रमुख राजनीतिक दलहरुलाई हामीले निमन्त्रणा गर्ने हो, कतिपय राजनीतिक दलको पहिचान र ठेगाना नै स्पष्ट छैन, अवैध सम्बन्ध, अवैध गर्भाधारणबाट बनेका पार्टीहरु छन्,  त्यास्ता पार्टीहरुलाई महाधिवेशनमा बोलाइरहनुपर्छ जस्तो लाग्दैन, पहचिान र ठेगाना स्पष्ट भएका प्रमुख राजनीतिक दलहरुलाई यो महाधिवेशनमा आमन्त्रण गरिनेछ,’ उनले भने। 

प्रचार विभाग प्रमुख भट्टराईले गठबन्धन सरकारका कारण मुलुकमा संविधान मिचिएको र संवैधानिक अंगहरुमाथि हस्तक्षेप भएको बताए। उनले गठबन्धन सरकारले संवैधानिक अंगहरुमा स्वेच्छाचारिताको गम्भीर प्रश्न उठेको बताउँदै शक्तिहरुको स्वार्थमा देशमा राजनीतिक अस्थिरता पैदा गरेको आरोपसमेत लगाए। 

‘आज मुलुकमा राजनीतिक अनिश्चयको स्थिति पैदा भएको छ। संविधान मिचिँदै छ, संवैधानिक अंगहरुमाथि कार्यपालिकाको हस्तक्षेप छ, संवैधानिक अंगहरुमा स्वेच्छाचारी प्रक्रियामार्फत् गम्भीर प्रश्न उठ्न थालेको छ,' उनले भने, 'यो गठबन्धन सरकार बनेपछि, देशलाई यसरी अन्योल माहोलमा राख्नु हुँदैन, अलोकतान्त्रिक, स्वेच्छाचारी, असंसदीय ढंग मार्फत् राजनीतिक अस्थिरतातिर मुलुकलाई धकेल्ने प्रयत्न भइरहेको छ शक्तिहरुको स्वार्थमा।’

प्रचार विभाग प्रमुख भट्टराईले १०औँ राष्ट्रिय महाधिवेशन ऐतिहासिक र भव्य हुने बताउँदै उक्त महाधिवेशनमा विधान महाधिवेशन भएको दुई महिनामा भएका ठूला राजनीतिक घटनाहरुको बारेमा पनि पार्टीले स्पष्ट धारणा राख्ने बताए।  

प्रकाशित: Nov 03, 2021| 15:29 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...