शुक्रबार, असोज १६, २०८३

दिनहुँ भैरहवा–विराटनगर उडान भर्दै सौर्य एयरलाइन्स

सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

भैरहवा- सौर्य एयरलाइन्सले भैरहवा–विराटनगर–भैरहवा सिधा उडान गर्ने भएको छ। निजी क्षेत्रको हवाइ सेवा प्रदायक सौर्य एयरलाइन्सले २२ कात्तिकदेखि प्रदेश ५ र प्रदेश १ लाई जोड्ने गरी दैनिक उडान गर्न लागेको हो।

आठ वर्षदेखि सेवा दिँदै आएको एयरलान्सले ५० सिट क्षमताको जेट विमानबाट दुई औधोगिक क्षेत्रलाई जोड्न दैनिक उडान गर्न लागेको सौर्य एयरलाइन्स भैरहवाका स्टेशन म्यानेजर जितेन्द्र यादवले बताए। हालसम्म कुनै पनि एयरलाइन्सले विराटनगरबाट भैरहवाको सिधा उडान गरेको छैनन्। 

भैरहवा–विराटनगर थपिएसँगै सौर्यका अब दैनिक उडान संख्या १० पुगेका छन्। तीन वटा जेट विमानबाट सेवा दिँदै आएको एयरलाइन्सले अरु भन्दा सहुलियत, सुरक्षित र अनटाइम उडान गर्ने दाबी गरेको छ। जहाजलाई गन्तव्यमा पुग्न ५३ मिनेट लाग्ने एयरलाइन्सले जानकारी दिएको छ।

सौर्यले ६ हजारमा दैनिक भैरहवाबाट दिउँसो ३ बजेर ४५ मिनेटमा विराटनगर उड्ने र विराटनगरबाट साँझ ५ बजेर १० मिनेटमा भैरहवा फर्केनेछ। कम्पनीले अहिले विराटनगर, भद्रपुर, भैरहवा र धनगढीमा दैनिक उडान गरिरहेको छ। चाडै नै नेपालगन्ज र राजविराजको उडान पनि थाल्ने कम्पनीले जनाएको छ।

प्रकाशित: Nov 03, 2021| 16:56 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्