काठमाडौं– युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिव नियुक्तिका लागि सिफारीस समिति गठन गरेको छ। बुधबार बसेको मन्त्रीस्तरीय बैठकले मन्त्रालयका निमित्त सचिव डा. कमलप्रसाद पोखरेलको संयोजकत्वमा ३ सदस्यीय सिफारीस समिति गठन गरेको हो।
पोखरेलको संयोजकत्वमा गठित समितिमा डा. कमला ज्ञवाली र हरिबहादुर श्रेष्ठ सदस्य रहने गरी समिति गठन गरिएको हो।
यसअघि मंगलबार बसेको मन्त्रीस्तरीय बैठकले अर्को ब्यवस्था नहुँदासम्मका लागि मन्त्रालयका सहसचिव विष्णुराज ढकाललाई राखेपको निमित्त सदस्य सचिवको जिम्मेवारी तोकिएको थियो ।