आइतबार, असोज २५, २०८३

लाम्रा संवाद : गाउँ-गाउँका कुडाको बहस जारी

मंगलबारदेखि जुम्लाको तातोपानीगाउपालिका-५ लाम्रा गाउँमा लाम्रा संवाद ‘गाउँगाउँका कुडा संस्करण २’ जारी छ।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

जुम्ला- मंगलबारदेखि जुम्लाको तातोपानीगाउपालिका-५ लाम्रा गाउँमा  लाम्रा संवाद ‘गाउँगाउँका कुडा संस्करण २’ जारी छ। कर्णाली क्षेत्रको विशिष्ट इतिहास, संस्कृति, मौलिक परम्परा भएको ठाउँ हो, जुम्ला  जिल्ला। यहाँको खसभाषाको लोपोन्मुख रीतिरिवाज र परम्परालाई संरक्षण गर्न र नयाँ पुस्तालाई सिकाउन लाम्रा संवाद : गाउँ-गाउँका कुडाको बहस सञ्चालन  गरिएको हो। 

लाम्राका अगुवा नागरिकले ‘लाम्रा संवाद : गाउँका कुडाको बहस’ गतवर्षबाट थालेका थिए। तर, यसवर्षबाट  गाउँका कुरामात्रै नभइ  हाम्मो लाम्रा संवाद गाउँ-गाउँका कुडामा फराकिलो बनेको  छ। 

लाम्रा संवाद गाउँ गाउँका कुडा संयोजक नन्दप्रसाद चौलागाईंले  पुराना र नयाँ पुस्ताबीचको छलफल तथा बहसलाई आधुनिक प्रविधि र पद्धतिमार्फत अभिलेखीकरण गर्न खोजिएको बताए। 

‘यो संवाद कार्यक्रममा विचारको छलफल, बहस तथा मन्थन गरिने, विद्वत् प्रवचनअन्तर्गत तातोपानीको गौरव, विकास र भविष्यको कुरा उजागर गरिनेछ’, उनले भने।  

संरक्षण तथा प्रवर्द्धन गरिनुपर्ने इतिहास, संस्कृति, परम्पराको चर्चा लाम्रा संवादमा गरिनेछ। जिल्लास्तरीय राजनीतिक पार्टी प्रमुखहरू एकै थलोमा बसेर बहस, चिन्तन र साझा मुद्दा पहिल्याउनेछन्। सभ्यताको साइनो, भाषा संस्कृति, सभ्यता संरक्षणमा भइरहेका पहलमाथि चर्चा गरिने बताइएको छ। -न्युज कारखाना 

प्रकाशित: Nov 03, 2021| 17:30 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।