काठमाडौं– ईसेवा मनी ट्रान्सफरले कतारको रेमिट्यान्स कम्पनी अलदार एक्सचेन्जसँग रेमिट्यान्स् भुक्तानी सम्झौता गरेको छ ।
यस सम्झौता सँगै कतारमा रहेका नेपालीहरूले अलदार एक्सचेन्जको कतारमा रहेका २१ ओटा शाखामा गई ईसेवामनी ट्रान्सफर मार्फत सरल र भरपर्दो माध्यमबाट नेपाल पैसा पठाउन सक्ने जनाइएको छ ।
अबदेखि कतारमा रहेका नेपालीहरूले अलदार एक्सचेन्जमार्फत इवामनी ट्रान्सफरसँग आबद्ध नेपालका जुनसुकै बैंक खातामा र ईसेवावालेटमा सहजै पैसा पठाउन सक्नेछन् ।
यसैगरी अलदार एक्सचेन्जमार्फत पठाएको रकम, ईसेवा मनी ट्रान्सफरको देशभर रहेका ८ हजार बढी एजेन्ट सञ्जालबाट पनि सहजै भुक्तानी लिन सकिने जनाइएको छ ।