शुक्रबार, असोज १६, २०८३

ग्लोबल आइएमई बैंकले थप्यो एकैदिन ३ शाखा

बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि थप तीन वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८६ पुगेको छ।

बैंकले काठमाडौँ महानगरपालिकाको महाराजगञ्ज, नरेफाँट र चण्डोलमा एकैसाथ तीन नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो। 

नयाँ शाखाहरुबाट बुधबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ। सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ग्लोबल आइएमई बैंकले देशका ७६ जिल्लामा फैलिएको बैंकका २५२ एटिएम छन्।

यसका साथै, ४८ एक्सटेन्सन काउन्टर तथा राजस्व संकलन काउन्टर, २६२ शाखारहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि/सम्पर्क कार्यालयमार्फत् आफ्ना २७ लाखभन्दा बढी ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ।



प्रकाशित: Nov 03, 2021| 15:11 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्