बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रजातन्त्र कम्पनीका रूपमा विकास भयो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

प्रजातन्त्र कम्पनीका रूपमा विकास भयो : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीका रुपमा विकसित भएको बताएका छन्।
 |  बुधबार, कात्तिक १७, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १७, २०७८

काठमाडौं– पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको प्रजातन्त्र कम्पनीका रुपमा विकसित भएको बताएका छन्। उनले भने, ‘डेमोक्रेसी कम्पनीको रुपमा विकसित भयो। डेमोक्रेसी पब्लिक गुटका रुपमा, सार्वजनिक सेवाका रुपमा होइन कि कम्पनीको रुपमा विकसित भएको छ।’

उनले प्रजातन्त्र दलहरुको बाँडफाँडमा परेको बताए। बुधबार काठमाडौंमा आयोजित ‘नेपालको राजनीतिक सन्दर्भ (घटनाक्रमको संगालो)’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले दलहरुले हरेक विषयको निर्णय गर्दा आफ्नो भागमा के पर्छ भन्ने स्वार्थले हेर्ने गरेको आरोप लगाए। 

उनले प्रजातन्त्र जनतालाई नभई दलहरुलाई मात्रै आएको टिप्पणी पनि गरे। उनले भने, ‘प्रजातन्त्र  कल्चरका रुपमा विकसित हुनुपर्ने, संस्कारका रुपमा विकसित हुनुपर्ने र दैनिक व्यवहारको रुपमा विकसित हुनुपर्नेमा दलहरुको बाँडफाँडमा परेको छ।’ जुनसुकै निर्णय गर्दा पनि निर्णायक क्षणमा पुग्दा दललाई सोध्यो भने दुईवटा कुराले निर्देशित गरेको उनको भनाइ छ।

उनले भने, ‘राष्ट्रलाई प्रजातन्त्रका लागि, जनजीविकाका लागि सरोकार पर्ने विषय आएछ भने पनि दलले सोच्ने पहिलो कुरा मेरो भागमा के पर्छ? अनि कदाचित त्यो कार्यान्वयन भएन, मेरो बाउको के जान्छ? भन्ने संस्कार छ।’ उनले दलहरू प्रजातन्त्रका कडी मात्र रहेको तर उनीहरू आफैं प्रजातन्त्र नरहेको भनाइ राखे। 

पूर्वप्रधानन्यायाधीश श्रेष्ठले राजनीतिक दलहरुले जनतालाई तर्साउँदै हिँडेको बताए। राजनीतिक दलहरुले जनतामाथि आफ्नो आधिपत्य जमाउन थर्काउने र तर्साउने गरेको उनले बताए। उनले भने, ‘राजनीतिक दलहरुको यस्ता गलत प्रवृत्तिका कारण नै प्रजातन्त्रले सही दिशाबोध गर्न नसकेको उनको भनाइ छ।’

प्रकाशित: Nov 03, 2021| 15:09 बुधबार, कात्तिक १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।