युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो।
घरेलु दबाबलाई मध्यनजर गर्दै विश्व राजनीतिक मञ्चमा आफूहरूबीचको बढ्दो तनाव र दबाबलाई घटाउन र हार्दिक सम्बन्ध स्थापित गर्न प्रयत्नशील रहेको सन्देश दिन नेताद्वय संयमित देखिएका छन्।
आकांक्षीहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिरहँदा पार्टीको आन्तरिक चुनावी माहोल एकाएक तातेको छ। योसँगै आकांक्षीहरु पार्टीका मतदातालाई रिझाउने कसरतमा जुटेका देखिन्छन्।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आन्दोलन गरिरहेको नेपाल बार एसोसिएसनले आन्दोलनको कार्यक्रम थप विस्तार गर्दै उच्च अदालतअघि पनि धर्ना दिने निर्णय गरेको छ।
खोप नलगाएकै कारण यतिबेला उनी लकडाउनमा छिन्। उनीजस्तै लगभग २० लाख नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन्। यतिबेला अस्ट्रिया सरकारले 'खोप नलगाएकाहरु माथि मात्र लकडाउन' गरेको छ।
राजस्व अनुसन्धान विभाग ललितपुरले नक्कली अन्तःशुल्क स्टिकर प्रयोग गरी रु पाँच करोड ५६ लाख ४३ हजार राजस्व चुहावट गरेको अभियोगमा १२ जनाविरुद्ध मुद्दा चलाइएको छ।
पेट्रोलियम पदार्थ तथा अन्य दैनिक उपभोग्य वस्तुमा लगातार भइरहेको मूल्यवृद्धिप्रति उपभोक्ता हित संरक्षण मञ्च दमक, झापाले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।
सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराँते हलमा भइरहेको प्रतियोगितामा पुरनले कास्कीका सरोज विक तथा बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई पराजित गरे।
डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका साउँद पैसाको आडमा राजनीति गर्ने र राजनीतिक पहुँच बनाएर विभिन्न क्षेत्रमा ठेक्का लिने र काम अलपत्र पार्ने ठेकेदार भएको भन्दै उनकै गृहजिल्लामासमेत चर्को आलोचना भइरहेको...
यसअघि आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिन खोजिएपनि शाहीले असन्तुष्टि जनाएका थिए। शाहीको असन्तुष्टिलाई सम्बोधन गर्न मुख्यमन्त्री जीवनबहादुर शाहीले उनलाई कृषिको जिम्मेवारी दिएका हुन्।