बुधबार, जेठ २०, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • बैतडीमा देउवा पक्षका उम्मेदवारलाई हराउन भीम साउँदले खटाए 'एजेन्ट'

बैतडीमा देउवा पक्षका उम्मेदवारलाई हराउन भीम साउँदले खटाए 'एजेन्ट'

डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका साउँद पैसाको आडमा राजनीति गर्ने र राजनीतिक पहुँच बनाएर विभिन्‍न क्षेत्रमा ठेक्का लिने र काम अलपत्र पार्ने ठेकेदार भएको भन्दै उनकै गृहजिल्लामासमेत चर्को आलोचना भइरहेको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

बैतडी- नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत बैतडी जिल्ला अधिवेशनमा केन्द्रीय सभापति शेरबहादुर देउवा समूहका उम्मेदवारलाई हराउन भीमबहादुर साउँदले 'एजेन्ट' खटाएको खुलेको छ। साउँद देउवा समूहबाट डडेल्धुरा जिल्ला सभापतिका उम्मेदवार हुन्। 

National life

सभापति देउवाले साउँदलाई जिल्ला सभापति बनाउनका लागि डडेल्धुरामा प्रहरी परिचालन गरी वडा अधिवेशन गराएका थिए। एकपक्षीय रुपमा प्रहरी परिचालन गरी वर्तमान जिल्ला समितिको निर्णय अवज्ञा गरेको भन्दै कर्ण मल्ल समूहले अधिवेशन बहिष्कार गरेका थिए।  

देउवा समूहले बाइपास गरेको कर्ण मल्ल समूहले पार्टी कार्यालय सानेपामा अनशन बस्‍नका लागि मंगलबार डडेल्धुराबाट काठमाडौंका लागि प्रस्थान गरेको छ। 

उनै साउँद बैतडीमा देउवा समूहकै जिल्ला सभापतिका उम्मेदवार शिवराज भट्टलाई हराउनका लागि लागिरहेको खुलेको हो। बैतडी जिल्ला सभापतिका लागि पौडेल समूहबाट चतुरबहादुर चन्द र देउवा समूहबाट शिवराज भट्ट उम्मेदवार रहेका छन्। 

डडेल्धुराको पर्शुराम नगरपालिकाका मेयरसमेत रहेका साउँद पैसाको आडमा राजनीति गर्ने र राजनीतिक पहुँच बनाएर विभिन्‍न क्षेत्रमा ठेक्का लिने र काम अलपत्र पार्ने ठेकेदार भएको भन्दै उनकै गृहजिल्लामासमेत चर्को आलोचना भएको थियो। तीनै ठेकेदारसमेत रहेका साउँदले आफ्नो निर्माण कम्पनी राजेन्द्र निमार्ण सेवा फर्ममा कार्यरत प्रयागदत्त भट्ट र हरीदत्त भट्टलाई बैतडीमा खटाएको खुलेको हो। प्रयागदत्त भट्ट चन्द समूहबाट नै प्रदेश प्रतिनिधिका उम्मेदवारसमेत हुन्।

Shivam cement


उनीहरुले बैतडीमा सामाजिक सञ्‍जाल फेसबुकमार्फत चन्दलाई मत माग्‍नेदेखि प्रत्येक क्षेत्रीय प्रतिनिधिहरुलाई टेलिफोन गरेर चन्दलाई मतदान गर्न दबाब दिने गरेको एकजना क्षेत्रीय प्रतिनिधिले जानकारी दिएका छन्। 

उनले भने, 'यहाँ स्पष्ट दुई गुट छन् र यो पार्टीको आन्तरिक राजनीति हो। पार्टीको आन्तरिक प्रतिस्पर्धाका क्रममा आफ्नो समूहप्रति इमान्दार हुनुपर्ने हो। अब हेर्नुस्, भीमबहादुर साउँद देउवा समूहका उम्मेदवार, अनि उनले खटाएका एजेन्टले देउवा समूहका उम्मेदवारविरुद्ध मत माग्‍नका लागि फोनमार्फत दबाब दिने र प्रचारप्रसार गर्ने गरेका छन्।'

राजनीतिक इमान्दारीता नभएपछि राजनीति व्यापार हुने भएको र अहिले राजनीतिलाई व्यापार बनाउने प्रवृति मौलाएको ती प्रतिनिधिको आरोप छ। चतुर चन्दलाई सभापति बनाउनका लागि देउवा समूहमा रहेका रमेश लेखक पनि लागिपरेको आरोप लागेको छ। यसअघि बाजुरामा भएको निर्वाचनमा पनि देउवा समूहका उम्मेदवार कविराज पण्डितलाई हराउनका लागि लेखकले बागी उम्मेदवारको रुपमा चक्र शाहलाई खडा गरेको आरोप लागेको थियो।

प्रकाशित: Nov 16, 2021| 19:36 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।