मंगलबार, कात्तिक ११, २०८२

बन्दका कारण कैलालीका चार पालिकामा कांग्रेसको अधिवेशन स्थगित

नेत्रविक्रम चन्द विप्लव समूहले गरेको नेपाल बन्दका कारण नेपाली कांग्रेस कैलालीका चार पालिकाको अधिवेशन प्रभावित भएको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

धनगढी- नेत्रविक्रम चन्द विप्लव समूहले गरेको नेपाल बन्दका कारण नेपाली कांग्रेस कैलालीका चार पालिकाको अधिवेशन प्रभावित भएको छ। 

Kumaribank

कैलालीका १३ तहमध्ये धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाको अधिवेशन स्थगित भएको नेपाली कांग्रेस कैलालीका प्रचारप्रसार समितिका संयोजक नृप सुनारले जानकारी दिए। उनले स्थगित भएको चार पालिकामा बुधबार अधिवेशन हुनेसमेत जानकारी दिएका छन्।

उनका अनुसार बन्दको प्रभाव नपरेका अन्य पालिकामा भने चुनावी कार्यतालिका अनुसार नेतृत्व छनोट प्रक्रिया प्रारम्भ भएको छ।

मोहन्यालको सभापतिमा साउँद विजयी

कैलालीको मोहन्याल गाउँपालिका सभापतिमा कमल साउँद निर्वाचित भएका छन्। पालिका सभापतिका लागि मंगलबार मतदान भएको हो। प्रेम बुचामगरलाई पराजित गर्दै साउँद सभापतिमा विजयी भएका हुन्।

Metro Mart

साउँदले ७५ मत ल्याए भने उनका प्रतिद्वन्द्वी बुचामगरले २७ मत ल्याए। गाउँपालिकाका अन्य पदाधिकारीमा पनि साउँदकै प्यानल निर्वाचित भएको छ। १०१ मतदाता रहेको मोहन्यालमा १०८ मत खसेको थियो। एक मत बदर भएको सहायक निर्वाचन अधिकृत अर्जुनप्रसाद उपाध्यायले जानकारी दिए। 


प्रकाशित: Nov 16, 2021| 19:42 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।