शनिबार, माघ ३, २०८२

पुरुष टिमको मुख्य प्रशिक्षक छान्‍न क्यानले गठन गर्‍यो समिति

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक छान्‍न पाँच सदस्सीय समिति गठन गरेको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक छान्‍न पाँच सदस्सीय समिति गठन गरेको छ।

National life

क्यानले मंगलबार केन्द्रिय समितिको बैठक गर्दै मुख्य प्रशिक्षक छान्नका लागि समिति बनाएको हो। पछिल्लो महिना मुख्य प्रशिक्षकको लागि खुलाइएको आवेदनमा मागमा ७० आवेदन परेको क्यानले जानकारी दिएको छ।

त्यसका लागि कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लको संयोजकत्वमा टिम बनाइएको हो। टिममा कोषध्यक्ष रोशन कुमार सिंह, रौनक बहादुर मल्ल, विनोद दास र आईसीसी प्रतिनिधि रहनेछन्।

डेब वाटमोरले राजीनामा दिएपछि अहिले नेपाली टिम प्रशिक्षकविहीन छ। उनले पछिल्लो समय ओमन भ्रमणपछि लागु हुनेगरि राजीनामा दिएका थिए।

क्यानको मंगलबार बसेको यो वर्षको साधारण सभा पुस १४ र १५ गते धनगढीमा गर्ने निर्णय गरेको छ भने कार्यकाल समाप्त भएका जिल्ला संघहरुको अधिवेशन आगामी माघ ७ गतेभित्र गरिसक्नका लागि निर्देशन दिएको छ।

Laxmi sunrise bank
kumari

त्यस्तै, संघले आर्थिक कार्यविधि पारित गरेको छ भने यो वर्षको प्रधानमन्त्री महिला तथा पुरुष क्रिकेट प्रतियोगिता पुस १५ गतेभित्र गर्ने भएको छ।

प्रकाशित: Nov 16, 2021| 19:59 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।