आइतबार, जेठ १७, २०८३

प्रदेश १ बाट विप्लव समूहका २३ कार्यकर्ता पक्राउ

प्रदेश १ का विभिन्‍न स्थानबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका करिब दुई दर्जन कार्यकर्ता पक्राउ परेका छन्।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

विराटनगर–  प्रदेश १ का विभिन्‍न स्थानबाट नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका करिब दुई दर्जन कार्यकर्ता पक्राउ परेका छन्। 

National life

मंगलबार बिहानदेखि बन्द गराउँदै हिँड्ने विप्लव समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको हो। सुनसरी र इलामबाट २३ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएका छ। 

प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले बन्दको आह्वान गर्दै सडकमा निस्किएका २३ जना विप्लव कार्यकर्तालाई पक्राउ गरिएको जानकारी दिए। उनका अनुसार इटहरीबाट २१ र इलामबाट २ जना पक्राउ परेका हुन्। 

उदयपुरको गाईघाटमा सवारीसाधन बन्दको आह्वान गर्दै सडकमा निस्किएका विप्लव कार्यकर्तालाई प्रहरीले तितरबितर पारेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता डीएसपी वेदप्रसाद गौतमले जानकारी दिए। बन्दको प्रभाव विराटनगर लगायतका विभिन्‍न स्थानमा सामान्य परेको प्रहरीले जनाएको छ। बन्दका कारण  शैक्षिक संस्था भने पूर्णरुपमा बन्द भए।

प्रकाशित: Nov 16, 2021| 19:07 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।