शुक्रबार, असोज १६, २०८३

७७ जिल्लामै पुग्यो स्वरोजगार कार्यक्रम

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं- युवा तथा साना व्यवसायी स्वरोजगार कोष कार्यक्रम नेपालको ७७ जिल्लामै विस्तार गरिएको छ। मंगलबार बसेको युवा तथा साना ब्यवसायी स्वरोजगार कोषको बोर्ड बैठकले मनाङ र मुस्ताङ जिल्लामा समेत कोष विस्तार गर्ने निर्णय गरेसँगै उक्त कार्यक्रम ७७ जिल्लाभर लागू हुने भएको हो। 

युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) को अध्यक्षतामा  सिंहदरबारस्थित मन्त्रालयमा बसेको बोर्डको ५४औं बैठकले थप दुई जिल्ला (मनाङ र मुस्ताङ) मा उक्त कार्यक्रम बिस्तार गर्ने निर्णय गरेको हो। 

कोषको अध्यक्षको हैसियतमा बोर्डको पहिलो बैठक बोलएका मन्त्री गहतराजले देशभरका युवालाई स्वरोजगार बनाउने उद्धेश्यले थप दुई जिल्लामा समेत उक्त कार्यक्रम लागू गर्न निर्देशन दिएका हुन्। 

२०६५ मा स्थापना भएको कोषले युवाहरुलाई सहुलियत दरमा कर्जा प्रवाह गर्दै आइरहेको छ। 

प्रकाशित: Nov 16, 2021| 22:30 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्