आइतबार, मंसिर २८, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • पुरन र बाबुराम राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्‍वार्टरफाइनलमा

पुरन र बाबुराम राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्‍वार्टरफाइनलमा

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराँते हलमा भइरहेको प्रतियोगितामा पुरनले कास्कीका सरोज विक तथा बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई पराजित गरे।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– एपीएफका पुरन राई र नेपाल आर्मी ‘बी’ का बाबुराम मगर प्रकाश दाहाल स्मृति दोश्रो पुरुष तथा महिला राष्ट्रिय बक्सिङ प्रतियोगिताको पुरुष ५७ केजीमा मंगलबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।

National life

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको कराँते हलमा भइरहेको प्रतियोगितामा पुरनले कास्कीका सरोज विक तथा बाबुरामले सल्यानका गोविन्द बठा मगरलाई पराजित गरे।

उक्त तौलसमूहमा नेपाल प्रहरीका शम्भु राजवंशीले कैलालीका निर्मल सुवेदी (वाकओभर), एचटुओका बुद्ध ग्याल्मो लामाले ललितपुरका रोशन अछामी, कञ्चनपुरका रन्जन भट्टले रामेछापका टल छन्त्याललाई हराए।

त्यस्तै, भाइबका तिलवीर पुन मगरले बाँकेका नितेश नेपाली  (वाक ओभर), बक्समान्डुका सुरज महर्जनले नक्सालका भक्तबहादुर किन्जरिङ तथा आर्मीका पुरन सुनारले बोसीगाउँका शुलभ मालाकारलाई हराउदै क्वाटरफाइनलमा स्थान सुरक्षित गरे।

नेपाल बक्सिङ संघको आयोजना तथा प्रकाश दाहाल स्मृति प्रतिष्ठानको सहकार्यमा जारी प्रतियोगिताको पुरुष ६० केजीमा नक्सालका विजय थापाले आरडीएसका मार्सल गुरुङ, बीएनकेका इन्द्रबहादुर सुनारले पाटनका सन्तोष राई, आर्मीका विमल रोक्काले अल्फाका निराजन चौधरी, दाङका अनिल पुन मगरले बीटीएफसीका मौसम राना मगर तथा कास्कीका सौगात कुमालले ललितपुरका निसान दासलाई पाखा लगाउदै क्वाटरफाइनल यात्रा तय गरे।

Laxmi sunrise bank
kumari

पुरुष ५४ केजीमा अल्फाका रेमोन पुन मगरले सुर्खेतका प्रकाश तरुङ मगरबाट वाक ओभर पाएर क्वाटरफाइनलमा स्थान पक्का गरे।

महिला ४८ केजीमा नक्सालकी सुष्मा तामाङले बाँकेकी माया खत्री तथा आरडीएसकी रमिशा श्रेष्ठले आर्मीकी आरती बम्जनलाई निराश पार्दै क्वाटरफाइनल पुगे।


प्रकाशित: Nov 16, 2021| 20:10 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।