आइतबार, असार २१, २०८३

२७ रनमा अलआउट गर्दै नेपालले कतारलाई ११९ रनले हरायो

१४७ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले दोस्रो पारीमा ११ ओभर पाँच बलमै कतारलाई अलआउट गराएर ११९ रनको जित निकालेको हो।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८

काठमाडौं– कतार भ्रमणमा रहेको नेपाली महिला क्रिकेट टिमले आफ्नो पहिलो खेलमा आयोजक टिम कतारविरुद्ध शानदार जित निकालेको छ। १४७ रनको लक्ष्य प्रस्तुत गरेको नेपालले दोस्रो पारीमा ११ ओभर पाँच बलमै कतारलाई अलआउट गराएर ११९ रनको जित निकालेको हो।

दोहामा भर्खरै सम्पन्‍न खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पूरा ओभर खेल्दै चार विकेट गुमाएर १४६ रन बनाएको थियो। जवाफमा कतार ११.५ ओभरसम्म टिकेर २७ रन मात्र बनाउन सक्यो।

कतारका कुनै पनि खेलाडीले जोर अंकमा रन बनाउन सकेनन्। जहाँ ७ खेलाडी शून्य रनमै आउट भए भने दुई खलाडीले समान– रन बनाए। त्यस्तै, एक जनाले ७ र एक जनाले ३ रन बनाए।

नेपालका लागि कप्तान रुविना क्षेत्रीले तीन विकेट लिइन्। एक ओभर पाँच बल गरेकी उनले एक रन खर्चिएर तीन विकेट लिएकी हुन्। त्यस्तै सिता राना मगर र कवित कुँवरले समान दुई-दुई विकेट लिए भने करुणा भण्डारीले पनि विकेट गिराइन्।

पहिलो पारीमा नेपालका ओपनर सिता राना मगरले ३९ रन बनाइन। त्यस्तै, रिटायर्ड आउट भएकी इन्दू वर्माले ४७ बलमा ५५ रन बनाइन्। उनले ५ चौकका मद्दतमा सो रन बनाएकी हुन्।

नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी ब्याट्सवुमन इन्दु वर्माले टी २० आईमा पहिलो अर्धसतकको कीर्तिमान पनि बताएकी छन्। यससँगै उनी टी २० आईमा अर्धसतक बनाउने पहिलो नेपाली महिला खेलाडी बनेकी छन्।

यसअघि नेपालका लागि अन्तरर्तष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने कीर्तिमान सिता राना मगरको नाममा थियो। उनले सन् २०१९ मा इन्डोनेसियाविरुद्ध ४८ रन बनाएकी थिइन्।

आजको खेलमा रन आउट भएकी सरिता मगरले २१ रन जोडिन्। ओपनिङमा आएकी काजल श्रेष्ठले सम्झनलायक प्रदर्शन गरिनन भने कप्तान रुविना क्षेत्री पनि शून्य रनमा आउट भइन्।

कतारका लागि एन्जिली म्यारी र सबिजा पनयनले समान १–१ विकेट लिए। नेपालले पहिलो टी २० आई कतारसँग खेलेको हो भने नेपाली राष्ट्रिय महिला टिमले २३ महिनापछि अन्तर्राष्ट्रिय खेल खेलेको हो।

२०२३ मा हुने आईसीसी विश्वकपको एसिया छनोटका तयारी गरिरहेको नेपालले अहिले कतारसँग तीन खेलको सिरिज खेलिरहेको छ। यो नेपाली महिला टिमको पहिलो टी २० आई अन्तर्राष्ट्रिय सिरिज हो।

प्रकाशित: Nov 16, 2021| 18:49 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।