मंगलबार, कात्तिक ११, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • भारतबाट चोरेर ल्याएको सुनका गहना र विभिन्‍न देशका मुद्रासहित दुईजना पक्राउ

भारतबाट चोरेर ल्याएको सुनका गहना र विभिन्‍न देशका मुद्रासहित दुईजना पक्राउ

प्रहरीले कञ्‍चनपुरबाट ठूलो मात्रामा सुनका गहना र विभिन्‍न देशका मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, कात्तिक ३०, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक ३०, २०७८
Kumaribank
Metro Mart

धनगढी- प्रहरीले कञ्‍चनपुरबाट ठूलो मात्रामा सुनका गहना र विभिन्‍न देशका मुद्रासहित दुई जनालाई पक्राउ गरेको छ। 

कञ्‍चनपुर बेलौरी नगरपालिका-१, फटैयाका ३८ वर्षीय लालबहादुर शाही र कैलालीको चिसापानीका ३५ वर्षीय बिष्णु शाहीलाई पक्राउ गरेको हो। नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो। 

कञ्‍चनपुरको बेलौरी नगरपालिका–१, फटैयास्थित लालबहादुर शाहीको घरमा भारतको ब्याङ्लोरबाट नगद तथा गरगहनाहरु चोरी गरी ल्याएको भन्‍ने विशेष सूचनाको आधारमा खानतलासी गर्दा भारतबाट चोरीगरी ल्याएर घरमा लुकाइछिपाइ राखेको ल्याटप चार थान, सुनको गहना पत्थरसहित एक हजार चार सय ७१ दशमलव १८  ग्राम, बिना पत्थर चार सय ३९ दशमलव ८९ ग्राम, विभिन्न रंगरका पत्थर एक किलो नौ सय ९८ दशमलव ४१ ग्राम, भारतीय ४३ हजार दुई सय रुपैयाँ, हङकङ डलर ४०, थाईल्याण्ड भाट एक हजार दुई सय ६०, युएसए एक हजार पाँच, क्यानडिएन डलर दुई हजार आठ सय १०, मलेसियन रिंगट २३, सिंगापुर डलर १८, कतार रियाल एक, दुबई दिराम एक सय ३०, चाईनिज युवान एक सय ६१ बरामद भएको कञ्चनपुर प्रहरीले जनाएको छ।


प्रकाशित: Nov 16, 2021| 21:30 मंगलबार, कात्तिक ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।