कर्णाली करिडोर अन्तर्गतको कर्णाली नदीको नरहरिनाथ-८ कालीकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ। कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो।
मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरूले विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिने प्रावधान कडाइका साथ पालना गराउनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाएका हुन्।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन्।
नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन्। पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने तथा त्यो...
नेपाली कांग्रेसको १४औं महाधिवेशन २४ देखि २६ मंसिरसम्म काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन केन्द्रीय प्रतिनिधि काठमाडौं आउने क्रम सुरु भएको छ।
बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक 'द जोय अफ लिभिङ'को नेपाली अनुवाद 'जिउनुको मज्जा' लोकार्पण भएको छ।
पक्राउ पर्नेमा इलाम सुर्योदय नगरपालिका-९ का २१ वर्षीय आशिष सुब्बा, वडा नम्बर ८ का २१ वर्षीय बिवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी रहेका छन्।