बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • ओली भेट्दै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन पहल गर्न आग्रह गर्ने

ओली भेट्दै बारका पदाधिकारी, प्रधानन्यायाधीश हटाउन पहल गर्न आग्रह गर्ने

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीले आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्ने भएका छन्।

ओली भेट्न नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा अधिवक्ताहरु रामशाहपथस्थित बार एसोसिएसनको कार्यालयबाट बालकोटतिर प्रस्थान गरेका छन्। ओलीले साढे १२ पछिको समय भेटका लागि दिएका छन्।

सर्वोच्च बारका अध्यक्ष शाक्यले अरु नेताजस्तै ओलीलाई पनि न्यायको विकृति विसंगति, भ्रष्टाचार र बिचौलिया अन्त्यमा प्रधानन्यायाधीश बाधक बनेको भन्दै जबराको बहिर्गमनका लागि संवैधानिक प्रक्रिया (महाभियोग) अघि बढाउन अनुरोध गरिने बताए।

यसअघि बारका पदाधिकारीले एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई भेटेर ध्यानाकर्षण गराएको थियो। नेम्वाङले नेतृत्वको ध्यानाकर्षण गराउने वचन दिएका थिए।

एमाले अध्यक्ष ओली भने प्रधानन्यायाधीश जबराको बहिर्गमन गराउने हो भने संसद विघटन बदर गरेर परमादेश दिने पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने तर्क गर्दै आएका छन्।

प्रकाशित: Dec 07, 2021| 12:34 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...