मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्वास्थ्य विज्ञ भन्छन्- चिसो बढ्न थाल्यो, उच्च स्वास्थ्य सावधानी अपनाऔं

स्वास्थ्य विज्ञ भन्छन्- चिसो बढ्न थाल्यो, उच्च स्वास्थ्य सावधानी अपनाऔं

नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन्। पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने तथा त्यो वायु पृथ्वीको सतह नजिकै बसिरहने भएकोले चिसो बढ्न सक्नेतर्फ सचेत रहन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- नेपालमा पश्चिमी वायुको प्रभावले चिसो बढ्नसक्ने भन्दै सतर्क रहन विज्ञहरूले सचेत गराएका छन्। पश्चिमी वायु मरुभूमिबाट प्रवाह हुने भएकोले पानीको मात्रा कम हुने र धुलोको मात्रा धेरै हुने तथा त्यो वायु पृथ्वीको सतह नजिकै बसिरहने भएकोले चिसो बढ्न सक्नेतर्फ सचेत रहन स्वास्थ्य विज्ञहरूले आग्रह गरेका छन्।

पश्चिमी वायुका कारण उच्च हिमाली क्षेत्रसहित देशभर हावा प्रवाह सुचारु रूपमा हुन नसक्दा यसको सिधा असर जनस्वास्थ्यमा पर्ने भएको भन्दै त्यसतर्फ सचेत रहन विज्ञहरूको सुझाव छ। जलवायु विज्ञ डा. धर्मराज उप्रेतीले जलवायुजन्य विपद्बाट बच्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आवश्यक रणनीतिक तयारी थाल्नुपर्ने बताए।

उनले भारतमा हरेक वर्षमा चार वटा चक्रवात आउने र त्यसको असर नेपालमा पनि पर्ने भएकोले जनताको स्वास्थ्य सुरक्षाका लागि सचेतनासहितको चरणबद्ध तयारी थाल्नुपर्ने उनको सुझाव छ।

'म सबैलाई मास्क लगाउन आग्रह गर्छु। मास्कले कोरोनाका साथै वायु प्रदूषणबाट पनि बचाउँछ। अहिले जीवन बचाउने पद्धति भनेकै मास्क भएको र यसको अनिवार्य प्रयोग आवश्यक छ,' उनले भने। वायु प्रदूषण बढेको बेला घातक हावाको तह पृथ्वी नजिक हुने भएकोले सो समयमा घरबाहिर ननिस्किन उप्रेतीको आग्रह छ।

उनले अत्यधिक वायुप्रदूषण भएमा विद्यालय बन्द गर्नुपर्ने स्थिति आउनसक्ने तर्फ सरोकारवालालाई सचेत रहन आग्रह गरे। डा. उप्रेतीले धेरै प्रदूषण गराइरहेका उद्योगधन्दा आलोपालो गरेर चलाउने, धेरै प्रदूषण गराउने सवारीसाधन बन्द गर्नेलगायतका काम गरेमा प्रदूषणबाट बच्न सकिने बताए।

यता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मूल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने बताए। 
डा. उप्रेतीले राष्ट्रिय आपत्कालीन केन्द्रले आउँदै गरेको जोखिमलाई मध्यनजर गरी त्यसबारेमा आम नागरिकलाई सचेत गराउन आवश्यक रहेको बताए। उनले वायुप्रदूषणलाई बेवास्ता गरेमा यसले मृत्युदर बढाउने चेतावनीसमेत दिए। वायुप्रदूषणजन्य विपद्‍बाट बच्न बहुप्रकोपीय उपाय अपनाउन पनि आग्रह गरे।

‘भारतमा प्रत्येक वर्ष चार वटा तुफान आउने गर्छ। भारतमा आएको तुफानले नेपालमा असर जहिल्यै परिरहेको हुन्छ। पश्चिमी वायुको प्रकोप नेपालमा जहिल्यै देखिन्छ। मरुभूमिबाट आउने हावा भएको हुनाले यसमा पानीको मात्रा कम हुन्छ। धुलोको मात्रा बढी हुन्छ। त्यस्तो अवस्थामा जोगिनुपर्ने हुन्छ', उनले भने। उनले यस्तो अवस्थामा उच्च हिमाली क्षेत्रमा बढी असर हुने बताए।

'काठमाडौं जस्तो उपत्यकामा हावाले ठेल्न सक्दैन। जस कारण असर धेरै समयसम्म रहिरहन्छ। यसले मानिसको स्वास्थ्यमा धेरै असर गर्छ। वायुप्रदूषण बढेमा एक नम्बरमा के गर्ने, दुई नम्बरमा के गर्ने भन्ने सोच्नुपर्छ। विद्यालय बन्द गर्नुपर्ने हुनसक्छ, चलिरहेका उद्योगधन्दा आलोपालोमा सञ्चालन गर्नुपर्ने हुनसक्छ। सडकमा चल्ने, एकदमै प्रदूषण गर्ने त्यसलाई पनि हटाउनु पर्ने हुनसक्छ। धेरै नै प्रदूषण भयो भने जस्तो भारतले हार्ड मेजर अपनाएको छ, त्यस्तोमा पनि जानुपर्ने हुनसक्छ,’ उनले भने।

यता राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सूचना अधिकारी डा. डिजन भट्टराईले शीतलहर र मनसुनजन्य विपद्को प्रतिकार्य, राहतउद्धार गर्ने कामको कार्यान्वयन गर्ने मूल जिम्मेवारी जिल्ला र स्थानीय तहलाई दिएकोले स्थानीय तहले नै सम्पूर्ण काम गर्ने बताए। 

संविधानले विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेका कारण स्थानीय विपद् व्यवस्थापन समितिले धेरै काम आफै गर्न सक्ने भएकोले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले स्थानीय विपद् व्यवस्थापन समितिलाई नीतिगत रूपमा बलियो बनाउन लाग्ने बताए। उनले प्रवक्ता भट्टराईले स्थानीय विपद् व्यवस्थापन समितिले मागेका कुरा प्राधिकरणले पूरा गर्ने बताए। उनले स्थानीय तहले मागेअनुसारको राहत दिन पनि प्राधिकरण तयार रहेको बताए।

प्रवक्ता भट्टराईले भने, ‘शीतलहरूको होस् वा मनसुनजन्य कुराको होस्, कार्यान्वयन गर्ने मूल जिम्मेवारी, जिल्ला र स्थानीय विपद् व्यवस्थापन समितिमै छ। स्थानीय विपद् व्यवस्थापन समिति वा स्थानीय तहलाई त संविधानले पनि विपद् व्यवस्थापनलाई एकल अधिकारको क्षेत्रमा राखेको कारणले गर्दा मूलतः स्थानीय विपद् व्यवस्थापन समितिलाई दरिलो बनाउने कुरामा नै हाम्रो ध्यान आकृष्ट छ।'

प्रवक्ता भट्टराईले हालसम्म प्राधिकरणमा आफैं पूर्व सूचना प्राप्त गर्ने संयन्त्र निर्माण गर्न नसक्नु चुनौती रहेको बताए। उनले मौसम विज्ञान विभाग (डीएचएम) बीचको सहकार्यमा आएका सूचनाहरूलाई गम्भीरताका साथ लिएर मात्रै जनतासमक्ष पूर्वसूचना दिने गरेको बताए।

प्रकाशित: Dec 07, 2021| 12:30 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।