बिहीबार, भदौ ४, २०८३

कांग्रेस प्रदेश १ सभापतिमा उद्धव थापा निर्वाचित

नेपाली कांग्रेस प्रदेश नं १ का सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन्। हालै सम्पन्न अधिवेशनमा १४ जना सदस्य निर्वाचित भएका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- नेपाली कांग्रेस प्रदेश नं १ का सभापति पदमा उद्धव थापा निर्वाचित भएका छन्। हालै सम्पन्न अधिवेशनमा १४ जना सदस्य निर्वाचित  भएका छन्।

निर्वाचित हुने सदस्यमा बिमल आचार्य, भूमिराज राई, हुकुमसिंह राई, राजकुमार बराइली, रेगिना भट्टराई, चन्द्रकुमारी खड्का, प्रकाश कार्की, टेकबुहादुर खुजुम लिम्बू, फुलवति राजवंशी, शोभा श्रेष्ठ, मीरा खड्का र किरण भट्टराई निर्वाचित भएको पार्टीका जिल्ला सचिव कृष्ण हुमागाईंले बताए। 

‘सभापतिसहित धेरै नै सदस्य झापाबाट आउनुभयो प्रदेशमा’ उनले भने,‘अब जिल्लाबाट एक जना केन्द्रीय महामन्त्रीसहित सातजना सदस्यको उम्मेद्वारी तय भएको छ केन्द्रीय महाधिवेशनमा। सबै जितिन्छ भन्ने आशा छ।’

उनका अनुसार जिल्लाबाट महामन्त्रीमा विश्वप्रकाश शर्माले र सदस्यमा सुधीर शिवाकोटी, महेन्द्र सुब्बालगायत सात जनाले उम्मेद्वारी दिने तयारी गर्ने बताइएको छ। 

प्रकाशित: Dec 07, 2021| 13:00 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...