बिहीबार, भदौ ४, २०८३

स्थायी कमिटी गठनका लागि आन्तरिक गृहकार्यमा ओली

एमालेको विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो कमिटी रहने व्यवस्था छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं– नेकपा (एमाले)को नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो पूर्ण बैठक यही मंसिर २५ र २६ गते काठमाडौंमा बस्ने तय भएको छ। पहिलो बैठकले नेताहरूको जिम्मेवारी बाँडफाँडलाई मुख्य एजेण्डा बनाउने भएको छ।

केन्द्रीय सदस्य शेरबहादुर तामाङका अनुसार बैठकमा स्थायी कमिटी र पोलिटव्युरो कमिटी गठन, नेताको जिम्मेवारी बाँडफाँड र केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनितलगायत विषयमा छलफल हुने छ। एमालेको विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो कमिटी रहने व्यवस्था छ। १०औं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ केन्द्रीय सदस्य निर्वाचित गरेको छ।

एमालेमा केन्द्रीय कमिटी बैठकबाट स्थायी कमिटी गठन गर्ने व्यवस्था छ। एमाले विधानअनुसार केन्द्रीय कमिटीलाई स्थायी कमिटी गठन गर्ने अधिकार भएकाले सोही अनुरुप अध्यक्ष केपी शर्मा ओलीले आन्तरिक गृहकार्य थालेका छन्। स्थायी कमिटीमा कसलाई राख्ने भन्ने विषयमा ओलीले छलफललाई तीब्रता दिएको एमाले स्रोतले बताएको छ।

उनले यतिबेला दिनहुँजसो आफू निकट नेताहरूसँग स्थायी कमिटीलगायत विषयमा छलफल गरिरहेका छन्। महाधिवेशनबाट निर्वाचित १९ पदाधिकारी भने स्वतः स्थायी कमिटीमा पर्नेछन्। बाँकी २६ जनाको टुंगो लगाउन ओली छलफलमा जुटेका हुन्। अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवाली र रामबहादुर थापा, महासचिव शंकर पोखरेल, उपमहासचिवत्रय प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाल, सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, लेखराज भट्ट, टोपबहादुर रायमाझी र रघुवीर महासेठ स्वतः स्थायी कमिटी सदस्य हुने छन् ।

एमालेको विधानअनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो कमिटी रहने व्यवस्था छ।

ओलीले स्थायी कमिटीमा उपाध्यक्षमा हारेका घनश्याम भुसाल, सचिवमा हारेका भीम आचार्य, रघुजी पन्त र मणि थापालाई ल्याउने तयारी गरेका छन्। उनीहरू यसअघि ९औं महाधिवेशनमा पनि स्थायी कमिटी सदस्य नै थिए।

थममाया थापा, शिवमाया तुम्बाहाङ्फे, बिन्दा पाण्डे, श्रीमाया थकाली, भानुभक्त ढकाल, खगराज अधिकारी, यामलाल कँडेल, विन्दा पाण्डे, प्रभु साह, गुरु बराल, किरण गुरुङ, राजन भट्टराई, शेरबहादुर तामाङ, शेरधन राई, देवराज घिमिरे, हिक्मत कार्की पनि स्थायी कमिटीमा अटाउन प्रयासरत छन्। 

यसैगरी कर्ण थापा, काशीनाथ अधिकारी, अरुण नेपाल, बैजनाथ चौधरी, परशुराम मेघी गुरुङ, अग्नि खरेल, गोरखबहादुर बोगटी, गोकुल घर्ती, कृष्णगोपाल श्रेष्ठ, जगत विश्वकर्मा, आनन्द पोखरेलको पनि चर्चा छ।

अध्यक्षमा केपी ओलीसँग लडेका भीम रावल भने स्थायी कमिटीमा पर्ने सम्भावना छैन। अध्यक्षमा हारे पनि केन्द्रीय सदस्यमा निर्वाचित रावलले केन्द्रीय कमिटीमा नरहने गरी पद बहिष्कार गरेका थिए।

प्रकाशित: Dec 07, 2021| 10:45 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...