बिहीबार, भदौ ४, २०८३

कांग्रेसमा नीतिगत सुधारका लागि डा. गोविन्द पोखरेलको उम्मेदवारी

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौ– नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। कांग्रेस सुधारको नीतिसहित उनले पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका हुन्। 

कुनै पनि मुलुकलाई मार्गनिर्देश गर्न राजनीतिक दलहरुमा नीति र नेतृत्वबीच तालमेल हुनुपर्ने विचार राख्दै आएका पोखरेलले कांग्रेसको आशन्न १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

उनले भनेका छन्, ‘युवामा देशमै उज्यालो भविष्य बनाउन सकिन्छ भन्‍ने आत्मविश्वास सिर्जना गर्न मेरो अनुभव र उmर्जा प्रयोग गरी पार्टीका नीति र कार्यक्रममा सुधारका लागि १४ औं महाधिवेशनमा खुला केन्द्रीय सदस्यमा उम्मेदवारी दिनेछु।’

२०७२ कात्तिक ९ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षबाट राजनीमा दिएका पोखरेल २७ पुस २०७३ मा राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। 

भूकम्पपछिको पुनर्निर्माणमा सशक्त काम गरेका योजनाविद् पोखरेल २०७४ सालको संसदीय निर्वाचनमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेका थिए। तत्कालीन वाम गठबन्धनका कारण पोखरेल पराजित भए।

पार्टीको १३औं महाधिवेशनमा समेत केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका पोखरेल ३३ औं भएका थिए। २५ सदस्यीय खुला केन्द्रीय सदस्यमा उनी अटाउन सकेनन्। १३ औं महाधिवेशनमा उनले १ हजार ९६ मत ल्याएका थिए। 

नीति तथा सिद्धान्त र आगामी योजनाहरुको विषयमा कांग्रेसमा अहिले छलफल नभएको भन्दै आलोचना भइरहेका समयमा पोखरेलजस्ता योजनाविद्हरुको प्रवेशले नयाँ पुस्तामा उत्साह थपिदिएको कतिपयको बुझाइ छ। कांग्रेस केन्द्रीय कमिटीमा पोखरेलजस्ता आर्थिक नीति तथा कार्यक्रमहरुमा बहस गर्ने र निकासको मार्ग देखाउन सक्ने व्यक्ति अटाउनुपर्ने आवाज पनि उठेको छ।

उम्मेदवारी घोषणा गर्दै पोखरेलले भनेका छन्, ‘कोभिडपछिको नयाँ युग सुहाउँदो सम्मुन्नत विकास योजना र वैचारिक बहसको पहल र नेतृत्वका लागि मेरो उम्मेदवारी हो।’ उनले अन्तर्राष्ट्रिय क्षेत्रमा सार्वभौम नेपालको उच्च प्रतिनिधित्व र प्रस्तुतिका लागि, लोकतान्त्रिक व्यवस्था र कांग्रेस पार्टीभित्र अवधारणागत र आचणगत सुधारका लागि आफूले पार्टीको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको समेत बताएका छन्।

उनले थप भनेका छन्, ‘सार्थक समावेशिता र सांस्कृतिक सहअस्तित्वको उन्‍नत अभ्यास तथा युवाहरूका लागि स्वदेशमै गरिखाने माहोल बनाई आत्मविश्वास सिर्जना गरी सम्मुन्‍नत समाज निर्माण गर्न पार्टीभित्र नीतिगत सुधारमा सहयोग पुर्‍याउनका लागि मैले उम्मेदवारी दिन लागेको हो।

नेपाली कांग्रेसको चौथौं महाधिवेशन यही मंसिर २४ देखि २६ गतेसम्म काठमाडौंमा हुँदैछ।

प्रकाशित: Dec 07, 2021| 14:45 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...