आइतबार, वैशाख ७, २०८२

अरबी मूलका विश्वचर्चित फुटबलर, जसले चोरलाई पनि साधु बनाए

आफूलाई विंगरबाट फरवार्डमा परिवर्तन गराएका सलाहले अहिले इंग्लिस प्रिमियर लिग (ईपीएल) मा सर्वाधिक १३ गोल गरेका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८
nespernesper

विनय सापकोटा

विनय सापकोटा

मंगलबार, मंसिर २१, २०७८

vianetvianet

‘द फरोह,’ ‘द इजिप्सियन मेस्सी,’ ‘द इजिप्सियन किङ,’ ‘मुस्लिम मेस्सी,’ ‘पिरामिड पेले,’ ‘डेजर्ट ड्यागलिस्ट,’ ‘कायरो क्रिस्टियानो,’ ‘हालाल हजार्ड,’ ‘सदन सुआरेज,’ ‘वियर्डेड म्याराडोना।’ इजिप्टिसन फरवार्ड मोहम्मद सलाहका उपनाम हुन् यी सबै।

triton college

विश्वका सबै शक्तिशाली फुटबल खेलाडीको नाम सलाहसँग जोडिएको छ। उनी छन् नै यस्ता। हरेक खेलमा उस्तै अब्बल प्रस्तुति र विपक्षीविरुद्ध सधैं आक्रामक। त्यसैले उनका फरक ठाउँका समर्थकले बोलाउने नाम हुन् यी सबै। यी उमनामहरु हेर्ने हो भने अन्य खेलाडीका फ्यान पनि सलाहका समर्थक हुन्। 

निकै मेहनति टिम लिभरपुलबाट खेल्ने अरबी मूलका उत्कृष्ट फरवार्ड हुन् सलाह। साँच्चै भन्ने हो भने वर्तमान फुटबलमा सबैभन्दा चलेका स्ट्राइकर उनी नै हुन्। चार वर्षअघि लिभरपुलमा पुग्नेबित्तिकै आफूलाई विंगरबाट फरवार्डमा परिवर्तन गराएका सलाहले अहिले इंग्लिस प्रिमियर लिग (ईपीएल) मा सर्वाधिक १३ गोल गरेका छन्। अर्थात् उनले लिभरपुलको १४ खेलमा १३ गोल गरे।

यो तालिकासँगै उनले अहिले ईपीएलको सर्वाधिक गोलकर्तामा चार गोलले लिड गरिरहेका छन्। उनले यो सिजनका सबै प्रतियोगिताका १९ खेलमा १९ गोल र ८ एसिस्ट गरिसकेका छन्। उनले पछिल्लो सिजनको ईपीएलमा २२ (दोस्रो) गोल गरेका थिए भने त्यसअघिको सिजनमा पनि १९ (पाँचौं) गोल गरेका थिए। यी सबै गोल उनले प्रिमियर लिगमा मात्र गरेका हुन्।

त्यसअघिका दुई सिजनमा पनि उनको आक्रामक खेल कुनै क्लबका लागि सहज थिएन। त्यसैले उनले २०१७–१८ मा ३२ र २०१८–१९ को सिजनमा २२ गोल गर्न सफल भएका थिए। उनले लिभरपुलबाट अहिलेसम्म ईपीएलमा मात्र १०८ गोल गरिसकेका छन्। २०१९ मा प्रिमियर लिग, च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि दिलाएका सलाह पछिल्लो बालोन डी ओर अवार्डमा सातौं नम्बरमा सीमित रहे।

National life insurance

तपाईंलाई गरिएको भोटप्रति के भनाइ छ भन्ने प्रश्नमा सलाहले भने, ‘त्यसप्रति मेरो कुनै टिप्पणी छैन।’ उनले जोडे, ‘अर्को वर्ष राम्रो स्थान आउला नि!’

अब यो वर्षको लक्ष्य कति गोल गर्ने हो त? सलाहको जवाफ छ, ‘धेरै ! जति यो क्लबलाई च्याम्पियन्स लिग वा प्रिमियर लिग जित्नका लागि आवश्यक पर्छ। आशा गरौं दुवै जित्न सकिन्छ कि!’

व्यक्तिगत जीवन

सलाहले सन् २०१३ मा म्यागीसँग विवाह गरेका थिए। उनको विवाह ठूलो उत्सवजस्तै थियो। उनले इजिप्टमा आफ्नो गाउँका सबैलाई निम्तो गरे। धेरै मानिस उनको विवाह हेर्न पुगेका थिए। त्यसले पनि देखाउँछ कि उनी आफ्ना समर्थकलाई कति माया गर्छन्। अक्सर सेलिब्रेटी कडा सुरक्षाबीच थोरै मानिस बोलाएर विवाह गर्न रुचाउँछन्। तर उनले गाउँका मानिसलाई मनोरञ्जन दिनका लागि गायकगायिकालाई पनि आमन्त्रण गरेका थिए।

विवाहको एक वर्षपछि छोरी मक्का जन्मिइन्। इस्लामिक धार्मिकस्थल मक्काको नाममा उनले छोरीको नामाकरण गरेका हुन्। सलाहका दुई छोरीमध्ये कयन सानी छोरीको नाम हो।

उनी मुस्लिम हुन्। सुजुद गरेर गोल उत्सव मनाउँछन् उनी। उनले आफ्नो गोल उत्सवबारे एकपटक चर्चा गरेका थिए, ‘यो एकप्रकारको प्रार्थना नै हो।’ त्यसैले भन्न सकिन्छ– उनी आफ्नो धर्मप्रति कति श्रद्धाभाव राख्छन्। त्यसबाहेक औंैला आकाशतिर देखाएर पनि गोल उत्सव मनाउँछन्। त्यो उनले अल्लाहलाई धन्यवाद भनेका हुन्।

उनी कति दयालु छन् भन्ने अर्को एक घटनाले पनि दर्शाउँछ। सन् २०१७ मा उनको घरमा चोरी भयो। इजिप्सियन पुलिसले दुई दिनपछि चोर पत्ता लगायो। तर सलाहले चोरविरुद्धको केस फिर्ता लिन आग्रह गरे। त्यसपछि उनले त्यो चोरको जीवन राम्रो बनाउनका लागि पैसा दिए र उसका लागि काम पनि खोजिदिए। आफ्नो घरमा लाग्ने चोरका लागि त्यो सायदै कसैले गर्ला। 

आफूलाई विंगरबाट फरवार्डमा परिवर्तन गराएका सलाहले अहिले इंग्लिस प्रिमियर लिग (ईपीएल) मा सर्वाधिक १३ गोल गरेका छन्।

सबै खेलाडी र प्रशिक्षकको आलोचना गरेर चर्चामा आइरहने माउरिन्होले पनि सलाहको व्यक्तित्वको प्रशंसा गरेका छन्। ‘पिचमा नम्र व्यक्तित्व र उत्साही खेलाडीको रुपमा उनलाई लिन सकिन्छ,’ माउरिन्होले सलाहलाई अनुबन्ध गर्दा भनेका थिए। सलाह साधारण जीवन चाहन्छन्। शान्त र नरम स्वर उनको पहिचान हो। हरेक अन्तर्वार्तामा उनी खुला रहेर बोल्छन्।

उनको ट्वीटर पोस्टले पनि उनको साधारण जीवनबारे केही बताउँछ। उनले शरीरमा ट्याटु बनाएका छैनन्, हेयरस्टाइल परिवर्तन गर्दैनन्। उनलाई नाच्नसमेत आउँछ तर उनको सबैभन्दा ठूलो शोख हो फुटबल खेल्नु।

उनी प्रिमियर लिगका सबैभन्दा अनुशासित खेलाडी पनि हुन्। उनले सुरुआति ४१ खेलमा एउटा मात्र पहेंलो कार्ड पाएका थिए। एकपटक त के भयो भने इजिप्सियनहरुले सलाहलाई राष्ट्रपतिको उम्मेदवार हुन अनुरोध गरेका थिए। सन् २०१८ मा इजिप्टमा राष्ट्रपतिको लागि निर्वाचन भएको थियो। त्यतिबेला कतिपय मतदाताले उम्मेदवारको सूचीमा भएको नाम काटेर मोहम्मद सलाहको नाम लेखेका थिए। 

सलाह बच्चैदेखि च्याम्पियन्स लिग हेर्थे। उनलाई त्यतिबेला चम्किएका जिनेदिन जिदाने र ब्राजिलका रोनाल्डो खुबै मन पर्थ्यो। लिभरपुल उनको मन पर्ने क्लब। जिदाने वा रोनाल्डो जस्तै बन्छु भन्ने लाग्थ्यो। उनको त्यो प्यासनले केही नगरी बस्न कहिल्यै दिएन।  उनी हप्ताको पाँच दिन अभ्यासका लागि जान थाले। दैनिक १० पटक बस फेरेर गन्तव्यमा पुग्थे अभ्यासका लागि। त्यो यात्रा निकै लामो र झन्झटिलो हुन्थ्यो। तर उनले त्यसरी नै चार वर्षसम्म अभ्यास गरिरहे।

सलाह अंगे्रजी फिल्मका पनि सोखिन हुन्। अरबी पनि नहेर्ने कुरै भएन। लियोनार्दो डिकाप्रियो र इजिप्सियन कलाकार खलिद एल नाबिवे मनपर्छ उनलाई। उनलाई नाबिवेसँगको फोटोमा पनि देख्न सकिन्छ। खेल जीवनपछि फिल्ममा काम गर्न चाहेको उनले बताएका छन्।

अहिले पनि उनी घर फर्किंदा ‘खुसारी’ खाने पहिलो कार्यक्रम हुन्छ। चामल, दाल र पास्तामा लसुन, अमिलो र खुर्सानीसँगको टमाटरको सस मिलाएर बनाइने खानेकुरा हो खुसारी। ‘म एयरपोर्टमा झर्नेबित्तिकै साथीलाई फोन गरेर खुसारी अर्डर गर्न लगाउँछु। अनि हुडीको टोपी लगाएर कारमा खुसारी खाएपछि मात्र इजिप्ट फर्किएजस्तो लाग्छ,’ उनले एकपटक भनेका थिए।

– एजेन्सीहरूको सहयोगमा

प्रकाशित: Dec 07, 2021| 14:22 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।