मंगलबार, भदौ २, २०८३

कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा

कर्णाली करिडोर अन्तर्गतको कर्णाली नदीको नरहरिनाथ-८ कालीकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ। कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

सुर्खेत- कर्णाली करिडोर अन्तर्गतको कर्णाली नदीको नरहरिनाथ-८ कालीकोटको खुलालुमा रहेको पक्की पुल सञ्चालनमा आएको छ। कर्णाली राजमार्गबाट कर्णाली करिडोर जोड्ने पुल सञ्चालनमा आएको हो। 

निर्माण थालेको १२ वर्षपछि कर्णाली करिडोरको पक्की पुल सञ्चालनमा आएको हो। २०६६ सालमा हाल नेपाली कांग्रेसका वरिष्ठ नेता तथा तत्कालीन उपप्रधानमन्त्री रामचन्द्र पौडेल र २०६९ सालमा भौतिक पूर्वाधारमन्त्री विमलेन्द्र निधिले कर्णाली करिडोरमा रहेको पक्की पुलको शिलान्यास गरेका थिए।

दुई पटक शिलान्यास भएको पुल निर्माण ढिलाई भएका कारणले लामो समयपछि सञ्चालनमा आएको छ। ठेक्का भएको तीन वर्षमा नै काम सम्पन्न गर्ने गरी २०६६ सालमा  कन्काइ जेभीले ठेक्का पाएको थियो। ठेक्का पाएको कम्पनीले २०६९ सम्म पनि काम गर्न नसकेपछि सडक डिभिजन कार्यालय जुम्लाले उक्त कम्पनीको ठेक्का रद्द गरी पुनः ठेक्का गरेको थियो। 

सुरूको पुल निर्माणका लागि १३ करोड लागत निर्माण हुने भनिएको उक्त पुल निर्माण कार्यमा ढिलाई हुँदा १५ करोड ९२ लाख रुपैयाँ पुगेको थियो। कर्णाली करिडोरमा पुल नहुँदा यात्रुहरूले सास्ती खेप्नु परेको थियो। 

कर्णाली करिडोरमा पुल सञ्चालन आएपछि अबका दिनमा हुम्ला, मुगु, बाजुरा र कालीकोटमा यातायातका साधन सहजै सञ्चालनमा आउने कालीकोटका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए। ‘कर्णाली करिडोरमा अब कर्णाली राजमार्गबाट यातायातका साधन सहजै सञ्चालनमा आउने भएका छन्।’ उनले भने, ‘यहाँका नागरिकको दैनिकीमा सहज हुने भएको छ।’  -न्युज कारखाना

प्रकाशित: Dec 07, 2021| 13:31 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।