मंगलबार, भदौ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • इन्धनको मूल्यवृद्धि घटाउन प्रधानमन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र

इन्धनको मूल्यवृद्धि घटाउन प्रधानमन्त्रीलाई संयुक्त विद्यार्थी संगठनको ज्ञापनपत्र

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरूले विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिने प्रावधान कडाइका साथ पालना गराउनुपर्ने माग सहितको ज्ञापनपत्र बुझाएका हुन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- प्रतिपक्षी दल सम्बद्ध विद्यार्थी संगठनहरूले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गर्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरूले विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिने प्रावधान कडाइका साथ पालना गराउनुपर्ने माग सहितको ज्ञापन पत्र बुझाएका हुन्।

विद्यार्थी संगठनको ज्ञापन पत्रमा त्रिविमा आन्तरिक प्रतिस्पर्धाका नाममा योग्यलाई रोक्न खोजिएको खोजिएकाले यस गलत कदमलाई सच्चाउनुपर्ने उल्लेख छ। 

अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालले प्रधानमन्त्री देउवाले आफ्ना माग सम्बोधन गर्ने आश्वासन दिएको बताइन्। माग सम्बोधन नभए तत्काल आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने उनको भनाई छ।

विद्यार्थी संगठनले मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको शूल्क भन्दा बढि लिएकाले त्यस्तो लिएको रकम विद्यार्थीलाई तत्काल फिर्ता गर्न समेत माग गरेका छन्।

प्रकाशित: Dec 07, 2021| 13:14 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।