बुधबार, असोज २८, २०८३

'जिउनुको मज्जा' लिएर आए डा. धिताल

बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक 'द जोय अफ लिभिङ'को नेपाली अनुवाद 'जिउनुको मज्जा' लोकार्पण भएको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं– बौद्ध भिक्षु तथा आध्यात्मिक गुरु योङ्गे मिङ्युर रिम्पोछेद्वारा अङ्ग्रेजी भाषामा लिखित पुस्तक 'द जोय अफ लिभिङ'को नेपाली अनुवाद 'जिउनुको मज्जा' लोकार्पण भएको छ। पुस्तकलाई डा। सरोज धितालले अनुवाद गरेका हुन्।

'ह्याप्पी म्यान अफ द वर्ल्ड'को रूपमा समेत चिनिएका रिम्पोछेको सो पुस्तक न्युरोसर्जन डा. वसन्त पन्त, गायिका आनी छोइङ डोल्मा, अनुवादक डा. सरोज धिताल र लेखक रिम्पोछेले संयुक्तरूपमा लोकार्पण गरेका हुन्। 

'आध्यात्मिक गुरुको यो पुस्तकले विज्ञानतिर फर्केर ज्ञानको मार्गमा लाग्न हरेक व्यक्तिलाई प्रेरित  गर्छ,' डा वसन्त पन्तले पुस्तकबारे भने, 'जीवन बुझ्नलाई मृत्युबारे चिन्तन गर्नुपर्ने र त्यसलाई पनि उत्सवका रूपमा लिन सकियो भने जीवनमा खुशी प्राप्त गर्न सकिन्छ।'

गायिका आनी छोइङ डोल्माले आजको जीवनमा आफू आइपुग्न मिङ्युर गुरुको पथप्रदर्शक भएको बताउँदै पुस्तकले हरेक व्यक्तिलाई खुशीको मार्गमा डोर्याउने बताइन्। अनुवादक डा. सरोज धितालले बौद्ध दर्शनमा शान्तिको मार्ग भएकोले त्यसले हरेक व्यक्तिलाई सुखको बाटोमा लैजाने भन्दै अनुवाद गर्दाका अनुभव बाँडेका थिए।

कार्यक्रममा रिम्पोछेले ध्यानको तरिका सिकाउँदै चेतनालाई सधैँ जागृत राखे क्लेशमुक्त हुन सकिने बताए।  उनले भने, 'निर्वाणका निम्ति नभै नहुने आधारभूत गुण पहिलेदेखि नै मानवमा भएकाले त्यसलाई चिन्नका लागि आफ्नो जीवन(मार्गसँगै आफूले आर्जन गरेको ग्यानलाई पुस्तकमा प्रस्तुत गरेको हुँ।' न्यूयोर्क टाइम्स बेस्टसेलर 'द जोय अफ लिभिङ' पेनगुइन अमेरिकासँग अनुवाद अधिकार लिई बुक हिलले नेपाली भाषामा प्रकाशन  गरेको हो। 

३०० पृष्ठको किताबको बजार मूल्य ५०० रुपैयाँ राखिएको छ।

प्रकाशित: Dec 07, 2021| 11:08 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।