शुक्रबार, साउन १५, २०८३

टेकु अस्पतालमा अब दैनिक कोभिड खोप उपलब्ध

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिडविरुद्धको नियमित खोप सेवा सुरु गरेको छ।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं– टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिडविरुद्धको नियमित खोप सेवा सुरु गरेको छ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाको मौखिक निर्देशनपछि टेकु अस्पतालले आइतबारबाट यो सेवा प्रारम्भ गरेको हो।अस्पतालका सूचना अधिकारी नवराज गौतमका अनुसार सर्वसाधारणका लागि हरेक दिन बिहान ८ देखि अपरान्ह ४ बजेसम्म कोभिडविरुद्धको खोप दिने व्यवस्था मिलाइएको छ।

हाल अस्पतालमा  एस्ट्राजेनेका र भेरोसेल खोप चलिरहेको छ। यी दुवै खोप १८ वर्षमाथिका उमेर समूहले लगाउन मिल्छ। सरकारले आगामी चैतसम्म लक्षित सबै नागरिकलाई कोभिडविरुद्धको पूर्ण खोप लगाउने घोषणा गरेको छ। पछिल्लो समय विभिन्न मुलुकमा कोभिड १९ को नयाँ भेरियन्ट देखा पर्न थालेपछि खोपलाई थप तिब्रता दिन थालेको छ।

प्रकाशित: Dec 07, 2021| 10:28 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्