सोमबार, असार १६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • सिंगारियो जानकी मन्दिर, रामसीताको स्वयम्बर स्थल बाह्रबिघा भने उस्तै

सिंगारियो जानकी मन्दिर, रामसीताको स्वयम्बर स्थल बाह्रबिघा भने उस्तै

जनकपुरधामको यो रंगभूमि मैदान माता सीताको स्वयम्बरसंग सम्बन्धित थलो हो। रंगभूमि मैदानलाई यहाँका स्थानीयवासी बाह्रबिघाको नामले जान्छन्।
 |  मंगलबार, मंसिर २१, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

vianetvianet

जनकपुरधाम- जनकपुरधाममा अहिले विवाहपञ्चमी महोत्सवको रौनक छ। जनकपुरधामको जानकी मन्दिरलाई श्रृङ्गारिएको छ। तर भगवान राम सीता विवाहको प्रत्यक्ष साक्षी रहेको रंगभूमि मैदान बाह्रबिघा महोत्सवमा समेत उपेक्षित छ। जनकपुरधामको यो रंगभूमि मैदान माता सीताको स्वयम्बरसंग सम्बन्धित थलो हो। रंगभूमि मैदानलाई यहाँका स्थानीयवासी बाह्रबिघाको नामले जान्छन्।

यही मैदानमा विवाहपञ्चमी महोत्सवमा प्रत्येक वर्ष माता सीता र भगवान रामको विवाह अन्तर्गत स्वयम्बर कार्यक्रम सम्पन्न गरिन्छ। जानकी मन्दिर तथा राम मन्दिरको डोला सहित जनकपुरधामका मठमन्दिरका डोलाहरू यही मैदानमा स्वयम्बरका दिन पुग्ने गर्छ।

विवाहपञ्चमी महोत्सव अन्तर्गत स्वयम्बर कार्यक्रम बुधबार छ। बाहिर बाट हजारौको संख्यामा आउने श्रद्धालुहरू समेत यही वास बस्छन्। तर धार्मिक तथा सांस्कृतिक महत्वको यो मैदान अहिले पनि कुरुप नै छ। मैदानको चारै तर्फ फोहोरै फोहोर छ। मैदानको आधा भाग हिलाम्य छ।

तर जनकपुरधाम उपमहानगरपालिका लगायतका निकाय यो मैदानको न सफाई गरेको छ, न त श्रद्धालुहरूको वास तथा शैचका लागि शैचालयको व्यवस्था गरेको देखिन्छ। श्रद्धालुहरूको वासका लागि प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले एउटा पण्डाल मात्रै ठड्याएको छ।


 महोत्सवको बेलामा समेत कुरुप देखिएको रंगभूमि मैदानको व्यवस्थापनका लागि न उपमहानगर, न प्रदेश सरकार न त बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् नै गम्भिर रहेको देखिएको छ।

बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का निर्देशक बलराम ठाकुरले रंगभूमि मैदान कसको क्षेत्राधिकारमा पर्ने विषयमा स्पष्ट नरहेकोले त्यस तर्फ आफूहरूले चासो नलिएको बताउँछन्। यद्यपि विवाहपञ्चमी महोत्सवको समय रहेकाले त्यहाँ आफूहरूले खानेपानीको व्यवस्था गरेको जानकारी दिए। ठाकुरले बृहत्तरसंग बजेटको अभाव रहेकोले पनि चाहे जति गर्न नसकेको स्वीकार गरे।

उनले भने ‘नेपाल सरकारबाट वर्षभरी चाडवाडको समयमा खर्च गर्नका लागि जम्मा १ लाख छुट्याइएको छ, त्यसमा पनि विवाहपञ्चमीमा खर्च गर्नका लागि जम्मा २५ हजार मात्रै छ त्यसले के नै हुन्छ।’  अगाडी भने् ‘ आफूहरूले गर्न चाहेपनि जनकपुरधाम उपमहानगरपालिका पटक पटक हस्तक्षेप गर्दै आईरहेको छ।’

जनकपुरधाम उपमहानगरपालिका शहीद गेट बनाउन करोडौँको लगानी त गर्छ तर जनकपुरधामको ऐतिहासिक मैदानको संरक्षण तर्फ ध्यान नै दिदैन्। उपमहानगरका उपप्रमुख रीता मिश्रले रंगभूमि मैदानको संरक्षण गर्ने दायित्व हाम्रो रहेपनि यसको रेखदेख मुख्य रुपमा वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले नै गर्दै आएको बताइन्। उनले संघ सरकार वा प्रदेश सरकार यस मैदानप्रति अनुदार भएकै कारण रंगभूमि मैदानको दुर्दसा भएको आरोप लगाइन्।  

यता बृहत्तरका पदाधिकारीहरूका अनुसार बाह्रबिघा हेर्ने जिम्मा जनकपुरधाम उपमहानगरपालिकालाई दिई सकिएको छ। यस हिसाबले उपमहानगरले पनि रंगभूमि मैदानको सौन्दर्यीकरणका लागि केही गरेको देखिदैन। एक अर्कालाई दोषारोपणमै विभिन्न निकायहरु व्यस्त भएका कारण रंगभूमि मैदानको यो अवस्था आएको स्थानीयहरूको भनाई छ।

सो मैदान व्यवस्थित हुँदा स्थानीय युवाहरु त्यहाँ पुगेर बिहान बेलुका खेलकुदको अभ्यास गर्ने गर्थे। तर अहिले आएर मैदानमा जताततै फोहोर, ठूलठूला घाँस, खाल्डा खुल्डी भएकाले खेलको अभ्याससम्म गर्न नसकिरहेको जनकपुरधामका क्रिकेट खेलाडी गुड्डु पाण्डेले दुःख व्यक्त गरे।

कुनै समय जनकपुरधामको बीच भागमा पर्ने यो मैदानले पूरै नगरको शोभा बढाउने गर्थ्यो। विभिन्न धार्मिक प्रयोजनदेखि खेलकुदसम्बन्धी गतिविधि सञ्चालन गर्न बाह्रबिघा मैदानले जनकपुरधामलाई सघाउँदै आईरहेको छ। तर आज सो मैदान आफै आफ्नो अस्तित्व खोजिरहेको छ। धार्मिक र सांस्कृतिक महत्व बोकेको जनकपुरधामस्थित रंगभूमि मैदान संरक्षणको अभावमा कुरुप बनेको छ।

प्रकाशित: Dec 07, 2021| 14:02 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।