मंगलबार, भदौ २, २०८३

चोरीको मोटरसाइकलसहित तीन जना पक्राउ

पक्राउ पर्नेमा इलाम सुर्योदय नगरपालिका-९ का २१ वर्षीय आशिष सुब्बा, वडा नम्बर ८ का २१ वर्षीय बिवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी रहेका छन्।
 |  मंगलबार, मंसिर २१, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर २१, २०७८

काठमाडौं- झापा प्रहरीले चोरीको मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा इलाम सुर्योदय नगरपालिका-९ का २१ वर्षीय आशिष सुब्बा, वडा नम्बर ८ का २१ वर्षीय बिवेक घिमिरे र झापा बिर्तामोड नगरपालिका-३ बिर्ताबजार बस्ने २६ वर्षीय रंजित राजवंशी रहेका छन्।

इलाका प्रहरी कार्यालय अनारमनी झापाबाट खटिएको प्रहरी टोलीले मे६प २५०५ नम्बरको १५० सिसिको पल्सर मोटरसाइकल र मे११प ९७३५ नम्बरको १५० सिसिको एफजेड  मोटरसाइकलसहित बिहीबार तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई जिल्ला अदालत झापाबाट सात दिन म्याद थप गरि कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ। 

झापाका विभिन्न स्थानबाट विभिन्न समयमा विभिन्न कम्पनिका मोटरसाइकल हराएको तथा चोरी भएको जनगुनासो बढेपछि प्रहरीले खोजी कार्यमा तीब्रता दिएको जनाएको छ।

प्रकाशित: Dec 07, 2021| 10:00 मंगलबार, मंसिर २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।