विनियमावलीअनुसार अब ग्राहकले जोडेको मिटरको क्षमताअनुसार उठेको बिलको जति महसुल हो, त्यो भन्दा बढी तिर्नुपरेमा डेवालालले सम्बन्धित विद्युत् वितरण केन्द्रमा उजुरी गर्न सक्ने छन्।
माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले दलको विधानमा रहेको साम्यवाद, वर्गसङ्घर्ष, जनक्रान्ति भन्ने शब्द हटाएर मात्रै विधानलाई अद्यावधिक गरेको थियो।
झापाको विर्तामोडमा सम्पन्न अनेरास्ववियुको केन्द्रीय सचिवालय कमिटीको बैठकले महाधिवेशनका लागि विभिन्न समितिहरु गठन गर्नुका साथै राष्ट्रिय महाधिवेशन अघि फागुन ७ र ८ गते विधान महाधिवेशन गर्ने निणर्य गरेको हो।
हालसम्म सबैभन्दा बढी दिल्लीमा १४२ जनालाई ओमिक्रोन देखिएको छ। यस्तै महाराष्ट्र, गुजरात, तेलांगना, केरल, तामिलनाडु, कर्णाटक, मध्यप्रदेश लगायतका प्रान्तमा पनि ओमिक्रोन संक्रमण बढ्दो क्रममा रहेको छ।
जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले निर्मला कुर्मी र नन्कुन्नी धोबीको हत्याको घटनाको सत्यतथ्य बाहिर नआउनुले सो घटना राज्यकै मिलेमतोमा भएको शंका उब्जिएको बताएका छन्।
माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्कमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह गठन गरिएको छ।
विश्व सरसफाइ अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन्। पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन्।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पत्तिको छानबिन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्।