बिहीबार, भदौ ४, २०८३

लोसपा कार्यालयमा धर्ना

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन्।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टी नेपाल धनुषा जिल्लाका नेता तथा कार्यकर्ताहरुले लोसपाको केन्द्रीय पार्टी कार्यालयमा धर्ना दिएका छन्। 

सोमबार लोसपाको केन्द्रिय पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरुले पार्टीका अध्यक्ष महन्थ ठाकुरले मनोमानी ढंगले प्रदेश र जिल्लाहरुमा पदाधिकारी चयन गरेको भन्दै शान्तिपूर्ण धर्ना दिएका हुन्। धर्ना कार्यक्रममा उपस्थित लोसपा कार्यकर्ता बिन्दु ठाकुरले अध्यक्षले गरेको निर्णय स्वीकार्य हुन नसक्ने भन्दै निर्णयलाई सच्याउन जोड दिए।

उनले एक ब्यक्ति एक पदको कुरा पार्टीमा लागू गरेर पार्टीलाई सबल बनाउनुपर्ने माग रहेको बताए। उनले पार्टी अध्यक्ष ठाकुरले अहिलेको युगमा एकल निर्णय अलोकतान्त्रिक मानिने भएकोले पार्टीभित्र लोकतन्त्रको मूल्य मान्यता हुनुपर्नेमा जोड दिए।


प्रकाशित: Dec 27, 2021| 17:20 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...