मंगलबार, भदौ २, २०८३

इँटाभट्टामा कार्यरत मजदूरलाई खोप

गिरिजाप्रसाद कोइराला लेबर फाउण्डेशनले ईटाभट्टामा कार्यरत १७३ मजदूरलाई कोरोना खोप प्रदान गरेको छ।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- गिरिजाप्रसाद कोइराला लेवर फाउण्डेशनले ईटाभट्टामा कार्यरत १७३ मजदूरलाई कोरोना खोप प्रदान गरेको छ। 

फाउण्डेशनले विडब्लु आई (विल्डिङ वर्कस युनियन)को सहकार्यमा भक्तपुरको दुवाकोटस्थित ईटाभट्टामा कार्यरत मजदूरलाई आज कोरोना खोप प्रदान गरेको हो।

फाउण्डेशनका महासचिव सूर्य नेपालले जनस्वास्थ्य कार्यालय चाँगुनारायणको सहकार्यमा १७३ मजदूरलाई भेरोसेल खोप प्रदान गरिएको जानकारी दिए। खोप लगाएकामध्ये १३९ श्रमिकले पहिलो मात्रा र ३४ श्रमिकले दोस्रो मात्रा खोप लगाएका हुन्।

उक्त इँटाभट्टामा सूदुरपश्चिम क्षेत्रका मजदूर कार्यरत छन्। बिडब्लु आइमा निर्माण तथा सम्बद्ध श्रमिक संघ, नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा मजदूर युनियन र अखिल नेपाल निर्माण मजदूर संघ आवद्ध छन्। 

प्रकाशित: Dec 27, 2021| 17:45 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।