मंगलबार, भदौ २, २०८३

५३ प्रतिशतले घट्यो बालविवाह

नेपालमा बालविवाहका घटनामा कमी आएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिनाको तथ्यांक अनुसार नेपालमा बालविवाहका घटना ५३.६५ प्रतिशतले कमी आएको हो।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- नेपालमा बालविवाहका घटनामा कमी आएको छ। चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिनाको तथ्यांक अनुसार नेपालमा बालविवाहका घटना ५३.६५ प्रतिशतले कमी आएको हो। 

गत आवको पहिलो ५ महिनामा बालविवाहसम्बन्धी अपराधका ४१ वटा घटना नेपाल प्रहरीमा दर्ता भएका थिए। यस वर्षको सोही अवधिमा भने यो संख्या घटेर १९ मा झरेको छ। 

उता मानव बेचविखन तथा ओसारपसारका घटना भने ९० प्रतिशतले वृद्धि भएका छन्। गत आवको ५ महिनामा ४० वटा यस्ता घटना प्रहरीमा दर्ता भएकोमा यस वर्ष ७६ वटा घटना दर्ता भएको प्रहरीको तथ्यांकले देखाएको छ। 

यस्तै बोक्सीको आरोप लगाएर दुर्व्यवहार गर्ने क्रम पनि घट्दो रहेको प्रहरीको तथ्यांकले देखाएको छ। गत आवमा ३७ वटा यस्ता घटना भएकोमा यस आवको पहिलो ५ महिनामा २५ वटा यस्ता घटना भएका छन्। 

समग्रमा महिला हिंसाका घटनामा करिब ७ प्रतिशतले कमी आएको प्रहरीको तथ्यांकमा उल्लेख छ। गत आर्थिक वर्षको पहिलो ५ महिनामा २०५० महिला तथा बालबालिका हिंसाका घटना भएकोमा यस वर्ष १९११ वटा घटना प्रहरीमा दर्ता भएका छन्। यी घटना घरेलुहिंसा बाहेकका घटना हुन्। 

घरेलु हिंसाका घटना भने २६ प्रतिशतले बढेका छन्। 

प्रकाशित: Dec 27, 2021| 18:14 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।