सोमबार, फागुन २५, २०८२

भारतको १९ राज्यमा फैलियो ओमिक्रोन संक्रमण

हालसम्म सबैभन्दा बढी दिल्लीमा १४२ जनालाई ओमिक्रोन देखिएको छ। यस्तै महाराष्ट्र, गुजरात, तेलांगना, केरल, तामिलनाडु, कर्णाटक, मध्यप्रदेश लगायतका प्रान्तमा पनि ओमिक्रोन संक्रमण बढ्दो क्रममा रहेको छ।
 |  सोमबार, पुस १२, २०७८

एएफपी

एएफपी

सोमबार, पुस १२, २०७८

काठमाडौं– भारतका १९ राज्यमा ओमिक्रोनको संक्रमण फैलिएको छ। योसँगै विभिन्न राज्यमा कडाइ गर्न थालिएको छ। राजधानी नयाँदिल्लीमा रातको समयमा कर्फ्यु  लगाउन थालिएको छ। ओमिक्रोनको तीव्र संक्रमण बढ्न थालेपछि भारतीय स्वास्थ्य विशेषज्ञहरुले चिन्ता व्यक्त गर्न थालेका छन्।

National life

सोमबारसम्म भारतमा ७५८ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएको छ। आइतबारसम्म ४२२ जना संक्रमित रहेका सोमबार एकै दिन ३७ जना संक्रमित थपिएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। हालसम्म सबैभन्दा बढी दिल्लीमा १४२ जनालाई ओमिक्रोन देखिएको छ। यस्तै महाराष्ट्र, गुजरात, तेलांगना, केरल, तामिलनाडु, कर्णाटक, मध्यप्रदेश लगायतका प्रान्तमा पनि ओमिक्रोन संक्रमण बढ्दो क्रममा रहेको छ।

भारतीय मेडिकल एसोसिएसनका पूर्व राष्ट्रिय अध्यक्ष डा. राजन शर्माले घरबाहिर निस्कने अधिकांश व्यक्तिले मास्क नलगाएकाले पनि समस्या बढेको बताए। उनले स्वास्थ्य मापदण्ड अपनाउने हो भने संक्रमणबाट जोगिन सक्ने बताए।

उनले भने, ‘कोराना संक्रमण भएका सुरुआती दिनमा यसबाट कसरी बच्न सकिन्छ भन्नेबारे हामीलाई थाहा थिएन। अब त स्वास्थ्य मापदण्ड बनेका छन्। त्यसको पालना गर्नैपर्छ।’

ओमिक्रोन संक्रमणबाट बच्न नयाँदिल्लीमा राति ११ बजेदेखि बिहान ५ बजेसम्म कर्फ्यु लगाइएको अधिकारीहरुले बताएका छन्। रात्रिकालीन कफ्र्युमा मानिसहरुलाई अति जरुरी कामबाहेक घरबाहिर निस्कन निषेध गरिएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 27, 2021| 18:00 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।