शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गभर्नर अधिकारीले अघि सारेको ‘लिभरेज रेसियो’, जसले आर्थिक क्षेत्रमा ल्यायो तरंग

गभर्नर अधिकारीले अघि सारेको ‘लिभरेज रेसियो’, जसले आर्थिक क्षेत्रमा ल्यायो तरंग

बजारमा किन अर्कै खालको क्यान्सर आइरहेको छ। मैले बुझ्न सकेको छैन। तरलतामा कर्जा प्रवाह र निक्षेप संकलनमा मिसम्याचेस भइरहेको छ।’
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

गभर्नर अधिकारीले पत्रकारसँगको अन्तरक्रियामा लिभरेज रेसियो कुरा राख्नु तर संसद्को अर्थ समितिमा यो विषय उठान नै नगरेपछि आर्थिक क्षेत्रमा यसबारे चर्चा भइरहेको छ। 

काठमाडौं– पछिल्लो समय मुुलुकको अर्थतन्त्र गम्भीर संकट उन्मुख बनेको छ। मुलुकको अर्थतन्त्र संकटतर्फ धकेलिएको तथ्य राष्ट्र बैंकको वित्तीय सूचकहरुले पनि देखाएका छन्। चालू आर्थिक वर्षको सुरुसँगै मुलुकको वित्तीय प्रणालीमा तरलता अभावले हाहाकार मच्चाएको छ। 

बजार तरलता अभाव हुनुमा सरकारले पुँजीगत खर्च गर्न नसक्नु तथा नेपालमा आयात अत्यधिक रुपमा बढ्नु मुख्य कारण रहेको राष्ट्र बैंकका अधिकारी बताउँछन्। 

मुलुकको अर्थतन्त्र संकट उन्मुख भएको र बजारमा तरलता अभाव झेलिरहेको अवस्थामा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही दिनअगाडि आर्थिक पत्रकारहरुसँगको अन्तरक्रियामा बैंकहरुको ‘लिभरेज रेसियो’ को विषय उठाएका थिए। मुलुकको अर्थतन्त्रमा ठूलो समस्या नआएको दाबी उनको थियो। यद्यपि गभर्नर अधिकारीले अघि सारेको बैंकहरुको ‘लिभरेज रेसियो’ विषयले बजारमा तरंग उत्पन्न भएको छ।

गभर्नर अधिकारीले किन बैंकहरुको ‘लिभरेज रेसियो’ को कुरा अघि सारे भन्ने प्रश्न उठ्न थालेको छ। उनले भनेका थिए, ‘बासेल–३ कार्यान्वयनका बेला अर्थात्  ५ वर्ष पहिला महत्त्वपूर्ण मानिएको लिभरेज रेसियो मुस्किलले ९ गुणामा थियो, अहिले १७ गुणामा चलेको छ, यो महत्त्वपूर्ण कुरा कसैले हेरेकै छैन। हामीले यस्ता सकारात्मक कुरा पनि हेर्नुपर्छ।’ 

उनका अनुसार बैंकहरुको सीसीडी रेसियो ८० प्रतिशतको व्यवस्था निकै अघिदेखि रहँदै आएको छ। गत वर्ष कोभिडका बेला ८५ प्रतिशत पु¥याएको थियो। अधिकारीले भने, ‘सीसीडी हटाएर सीडी रेसियोको इन्डिकेसन हामीले अगाडिबाट हेर्दै गर्दा ठाउँमा राख्नुपर्छ भनेर ल्याएका हौं।’ सीसीडी खारेज गरेर सीडी रेसियो नल्याएको भए अझ समस्या ल्याउने उनको भनाइ छ। 

बजारमा किन अर्कै खालको क्यान्सर आइरहेको छ। मैले बुझ्न सकेको छैन। तरलतामा कर्जा प्रवाह र निक्षेप संकलनमा मिसम्याचेस भइरहेको छ।’

उनी भन्छन्, ‘९१ प्रतिशत सीसीडी पाउन सकिन्छ। ८५ बाट ९१ प्रतिशत हुँदाखेरी ६ प्रतिशत ‘ननकम्लायन्स’ बैंकको रेट पाइन्छ। त्यो भने कम्लाई गर्नुपर्ने विषय थियो। तर, ९० हुँदा ९१ हुँदा २ प्रतिशत मात्रै ‘ननकम्लाइन्स’ पाइन्छ। त्यसमा हामीले ‘ननकम्लाइन्स’ भनेका छैनौं।’ यसले गर्दा बैंकिङ क्षेत्र सजिलो अवस्थामा बस्नुपर्ने उनले बताए। 

उनले भने, ‘तर, बजारमा किन अर्कै खालको क्यान्सर आइरहेको छ। मैले बुझ्न सकेको छैन। तरलतामा कर्जा प्रवाह र निक्षेप संकलनमा मिसम्याचेस भइरहेको छ।’

गभर्नर अधिकारीले पत्रकारसँगको अन्तरक्रियामा मात्रै लिभरेज रेसियो कुरा राख्नु अर्थतन्त्र राम्रो देखाउन मात्रै भएको हो कि भन्ने चर्चा भइरहेको छ। गभर्नर अधिकारीले ठिक १४ दिनअगाडि मंसिर २३ गते बसेको अर्थसमितिको बैठकमा भने यो विषय उठान गरेका थिएनन्। अधिकारीले समितिलाई मुलुकको अर्थतन्त्रको वर्तमान अवस्थाको विषयमा जानकारी दिँदा लिभरेज रेसियोको विषय पत्रकारहरुसँग मात्रै उठान गरेका हुन्। 

गभर्नर अधिकारीले अर्थ समितिमा बजारका तरलताको विषयमा बोल्दै चालू आर्थिक वर्षको सुरुवातदेखि तरलतामा चाप परेको बताएका थिए। उनले बैंकिङ प्रणालीमार्फत चार सय ११ अर्ब कर्जा प्रवाह हुँदा निक्षेप भने ६४ अर्बले मात्रै बढेको भनाइ राखेका थिए। 

कर्जा प्रवाह र निक्षेप बीचको ३ खर्बले बैंकिङ प्रणाली ड्राइभ अफ हुने स्थिति देखिएको उनको भनाइ थियो। 

उनले भनेका थिए, ‘साउनदेखि मंसिरसम्ममा ४ सय ११ अर्बको कर्जा प्रवाह हुँदा ६४ अर्ब मात्रै निक्षेप वृद्धि भएको छ। यसरी प्रवाह भएको पैसा सबै देशबाहिर गयो।’ देशभित्र रहेको थियो भने अहिलेको अवस्था नआउने उनले बताएका थिए। उनले अहिले कर्जा प्रवाह भएको ५० प्रतिशत आयातमा गएको जानकारी दिए।

‘विगतमा पनि अर्थतन्त्रका सूचक अहिलेको जस्तै हुन्थ्यो। अहिलेको मुख्य समस्या भनेको विदेशी मुद्रा सञ्चिती घटेको हो।' 

राष्ट्र बैंकका पूर्वगभर्नर चिरिञ्जीवी नेपालले गभर्नर अधिकारीले अर्थतन्त्रको सूचक राम्रो देखाउन बैंकको लिभरेज रेसियोको कुरा उठाएर बेमौसमी बाजा जस्तै भएको टिप्पणी गरेका छन्। उनले राष्ट्र बैंकले अहिलेकै अवस्थामा लिभरेज रेसियोसँग जोड्नुपर्ने अवस्था नआएको बताए। पूर्वगभर्नर नेपालले बैंकहरुको लिभरेज रेसियोको विषयमा बोल्न पर्ने जरुरी नभएको भनाइ राखे। नेपालले भने, ‘गभर्नरले अर्थतन्त्र संकट उन्मुख रहेको हल्ला चलाउँदा स्पष्ट रुपमा बताउन खोज्नु राम्रो भएको तर बैंकको लिभरेज रेसियोलाई ल्याएर घुसाउन राजनीतिक दबाब हो कि भन्ने बुझ्नुपर्छ।’ 

नेपालको अर्थतन्त्रमा संकट आउँदा विभिन्न दृष्टिकोणबाट हेर्नुपर्ने उनको भनाइ छ। उनले यस्तो अवस्थामा राष्ट्र बैंक सतर्क हुनु आवश्यक रहेको पनि बताए। उनले भने, ‘राष्ट्र बैंकले विदेशबाट आउने रेमिटेन्स घट्यो, पुँजीगत खर्च बढ्न नसक्दा के गर्ने भन्ने विकल्प सोच्नुपर्ने हुन्छ तर बैंकहरुको लिभरेज रेसियो देखाएर अर्थतन्त्रका सूचक राम्रो देखाउनु आवश्यक छैन।’ 

पूर्वगभर्नर नेपालले मुलुकको पछिल्लो अर्थतन्त्र बाहिर हल्ला भएको जस्तो तहसनहस नै भएको अवस्था नभएको बताए। उनले भने, ‘विगतमा पनि अर्थतन्त्रका सूचक अहिलेको जस्तै हुन्थ्यो। अहिलेको मुख्य समस्या भनेको विदेशी मुद्रा सञ्चिती घटेको हो।' अहिलेको अर्थतन्त्रको अवस्थाले सरकारले लिएको ७ प्रतिशत आर्थिक वृद्धि गर्ने भने ठूलो चुनौती रहेको बताए।


प्रकाशित: Dec 27, 2021| 16:39 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्