काठमाडौं– माओवादी केन्द्रको जारी आठौं महाधिवेशनअन्तर्गत बन्दसत्रमा अध्यक्ष पुष्कमल दाहालले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफलका लागि विभिन्न २५ वटा समूह गठन गरिएको छ। ती समूहले दाहालको प्रतिवेदन अध्ययन तथा छलफल गरिरहेका छन्। अध्यक्ष मण्डलले विभिन्न प्रदेश र जनवर्गीय संगठनका छुट्टाछुट्टै समूह बनाएको माओवादीले जनाएको छ।
विभिन्न समूहका लागि एमके प्रसाईं, नन्दकुमार थापा, हर्क नेम्वाङ, गणेश साह, चक्रपाणि खनाल, गायत्री गुरूङ, लक्ष्मण पन्त, विमला केसी, खगराज भट्ट, मायाप्रसाद शर्मा, जगत सिंखडा, श्रीकृष्ण अधिकारी, सरल सहयात्री र विष्णुपुकार श्रेष्ठ, अमृता थापामगर विभिन्न समूहका संयोजक तोकिएका छन्।
यी हुन् समूह
१. जेष्ठ कम्युनिस्ट मञ्च
२. सल्लाहकार परिषद्
३. सल्लाहकार परिषद
४. प्रदेश १ क
५. प्रदेश १ ख
६. प्रदेश २ क
७. प्रदेश २ ख
८. लुम्बिनी क
९. लुम्बिनी ख
१०. गण्डकी क
११. गण्डकी ख
१२. प्रवास
१३. कर्णाली क
१४. कर्णाली ख
१५. सुदूपश्चिम क
१६. सुदूपश्चिम ख
१७. विभाग क
१८. विभाग ख
१९. उपत्यका विशेष प्रदेश
२०. सम्पर्क समन्वय क
२१. सम्पर्क समन्वय ख
२२. बागमती क
२३. बागमती ख
२४. आयोग
२५. जवस, मोर्चा इन्चार्ज, कार्यालय, एकता