काठमाडौं– नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पत्तिको छानबिन गर्न माग गर्दै आन्दोलन जारी राख्ने बताएका छन्।
सोमबार सर्वोच्च अदालत परिसरमा बारको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले बार अब प्रधानन्यायाधीश समशेरको राजीनामा माग मात्रै नभएर अनियमिता गरेर कमाएको सम्पतिको छानबिन गर्नुपर्ने माग राखेर आन्दोलन जारी राख्नु बताएका हुन्।
अध्यक्ष श्रेष्ठले विचौलियाको संरक्षक नै प्रधानन्यायाधीश समशेर भएकाले उहाँको सम्पति छानवि हुनु पर्ने बताए। उनले बारले दुई महिना देखि निरन्तर रुपमा न्यायालयमा भएको विकृति, विसंगति र भष्टचार विरुद्धमा आन्दोलन गर्दै आएको बताए। उनले आन्दोलनका कारण केही हदसम्म न्यायलयका विचौलीयाले गर्ने चलखेल रोकिएको बताए।
अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीश जबराले बिचौलीयाहरुको आधारमा कमाएको सम्पति कहाँ कति छ छान गर्ने नागरिक समाजले मागको सुरुवात गरेको बताए। उनले अब प्रधानन्यायाधीश जबरा,उहाँका नातेदार,विचौलीया न्यायाधीशहरुको समेत सम्पति छानविन गर्नुपर्नेमा जोड दिए। प्रधानन्यायाधीश जबराको राजीनामाको माग गर्दै नेपाल बार एसोसिएसन, सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीहरुसहित कानुन व्यवसायीहरुले कात्तिक १४ गतेदेखि हातमा कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गर्दै आएका छन्।