मंगलबार, भदौ २, २०८३

एक महिनासम्म रानीपोखरी सरसफाइ अभियान

विश्व सरसफाइ अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन्। पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन्।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं– विश्व सरसफाइ अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका छन्। पुस ४ गतेदेखि माघ ४ गतेसम्म अभियन्ताहरुले एक महिने रानीपोखरी सरसफाइ अभियान सुरु गरेका हुन्। 

रानीपोखरी, भोटाहिटी, महेन्द्र सालिक र जमल चोक वरपरका क्षेत्रमा अभियन्ताहरुले दिनको तीन पटकसम्म सरसफाइ कार्यक्रम सञ्चालन गरिएको विश्व सरसफाई अभियन्ता राजमान मानवले जानकारी दिए। उनले २०१५ सालमा महानगरपालिका बनेदेखि काठमाडौं उपत्यकाको फोहोरको व्यवस्थापन महानगरले गर्ने भनिए पनि त्यो अनुसारको काम नभएको भन्दै काठमाडौं उपत्यका सफाई अभियान समूहको समन्वयमा रानीपोखरी वरपरका क्षेत्रहरु सफा गर्न लागिएको बताए। अभियन्ता मानवले बिहान ६ देखि ९ बजे, ११ देखि ४ बजेसम्म र राति ८ देखि ११ बजेसम्म गरी दिनमा तीन पटक फोहोर नगरौँ एक महिने अभियान सुरु गरेको बताए।

अभियन्ता मानवले काठमाडौं यति धेरै अव्यवस्थित र फोहोरी कसरी भयो भन्ने बारेमा छलफल गरेर सरसफाईका कार्यक्रमलाई अघि बढाउनु पर्ने बताए। यता काठमाडौं महानगरपालिकाले रानीपोखरी सर्वसाधारणका लागि खुल्ला गर्ने तयारी गरेको छ। केहि साना संरचनाको निर्माण्को काम सम्पन्न भएपछि छिट्टै खुल्ला गर्ने बताइएको छ।

रानीपोखरी आसपासको क्षेत्रमा भइरहेको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। रानीपोखरी प्रवेशद्वार, टिकट काउन्टर तथा शौचालयको निर्माण कार्य भइरहेको छ। रानीपोखरी प्रवेशका लागि जमल क्षेत्रमा प्रवेशद्वार सँगै फल्चाको पनि निर्माण कार्य भइरहेको छ। यस्तै, शान्तिवाटिका क्षेत्रमा गोलघर सहितका फल्चाहरुको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।


प्रकाशित: Dec 27, 2021| 16:25 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।