बिहीबार, भदौ ४, २०८३

चैतमा महाधिवेशन गर्दै एमाले अनेरास्ववियु

झापाको विर्तामोडमा सम्पन्न अनेरास्ववियुको केन्द्रीय सचिवालय कमिटीको बैठकले महाधिवेशनका लागि विभिन्न समितिहरु गठन गर्नुका साथै राष्ट्रिय महाधिवेशन अघि फागुन ७ र ८ गते विधान महाधिवेशन गर्ने निणर्य गरेको हो।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको महाधिवेशन आगामी चैत २२ देखि २४ सम्म सञ्चालन हुने अखिल केन्द्रीय सचिवालयले जनाएको छ।

झापाको विर्तामोडमा सम्पन्न अनेरास्ववियुको केन्द्रीय सचिवालय कमिटीको बैठकले महाधिवेशनका लागि विभिन्न समितिहरु गठन गर्नुका साथै राष्ट्रिय महाधिवेशन अघि फागुन ७ र ८ गते विधान महाधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकले माघ १० देखि २६ गतेभित्र सबै प्रदेश अधिवेशन सम्पन्न गर्ने निर्णय भएको वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेले जानकारी दिए। 

बैठकले अध्यक्ष सुनिता बरालको संयोजकत्वमा राजनीतिक प्रतिवेदन लेखन समिति, वरिष्ठ उपाध्यक्ष आरसी लामिछानेको नेतृत्वमा मूल व्यवस्थापन समिति, उपाध्यक्ष झपिन्द्र खत्रीको नेतृत्वमा शैक्षिक मुद्दा प्रतिवेदन लेखन समिति र महासचिव समिक बडालको नेतृत्वमा विधान मस्यौदा उपसमिति गठन गरेको छ।

प्रकाशित: Dec 27, 2021| 18:32 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...