बिहीबार, भदौ ४, २०८३

पुस २७ गते १६ जिल्लामा कांग्रेस अधिवेशन गर्ने निर्णय

सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गते १६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको समिति सदस्य तेज रावलले जानकारी दिए।
 |  सोमबार, पुस १२, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस १२, २०७८

काठमाडौं- नेपाली कांग्रेसले जिल्ला अधिवेशन हुन बाँकी १६ जिल्लामा पुस २७ गते जिल्ला अधिवेशन गर्ने भएको छ। सोमबार बसेको कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठकले पुस २७ गते १६ जिल्लामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको समिति सदस्य तेज रावलले जानकारी दिए। 

६१ जिल्लामा यसअघि नै अधिवेशनका काम सम्पन्न भएर नयाँ नेतृत्व आइसकेको छ। 

कांग्रेसको १४औं राष्ट्रिय महाधिवेशन भने मंसिर २७ गते नै सम्पन्न भइसकेको छ। त्यसअघि नै जिल्ला अधिवेशनका कार्यक्रम गर्ने तय भएको थियो। तर, क्रियाशील सदस्यतालगायतका विवादका कारण प्रदेश २ का सबै र बाँकी ८ जिल्लामा जिल्ला अधिवेशनका कार्यक्रम सुरु नै भएका थिएनन्। 

प्रदेश २ बाहेक सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवलपुरमा पनि जिल्ला अधिवेशन गर्न बाँकी छ। 

सबै जिल्लामा एकैदिन अधिवेशनका कार्यक्रम अघि बढ्नेछन्। केन्द्रीय महाधिवेशनपछि नै प्रदेश २ प्रादेशिक अधिवेशन सम्पन्न भएको छ। केन्द्रीय महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा नै दोहोरिएका छन्। 

विधान अनुसार नै कांग्रेसले सबै कार्यक्रम अघि बढाउनुपर्ने मु्द्दा उठाउँदै आएका नेता गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा चुनिएपछि कांग्रेसलाई अधिवेशनका कार्यक्रम सक्न दबाब छ। 

अधिवेशनका कार्यक्रम सकिएको तीन महिनामा विधान अधिवेशन गर्ने कांग्रेसको निर्णय छ। तसर्थ यस पटकको कांग्रेस महाधिवेशनमा विधान तथा नीतिसम्बन्धी कुनै पनि कार्यक्रम भएका छन्। 

प्रकाशित: Dec 27, 2021| 18:48 सोमबार, पुस १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...