शैक्षिक गुणस्तर सुधार र प्राज्ञिक अनुसन्धानका काममा व्यस्त हुनुपर्ने विश्वविद्यालयको नेतृत्व राजनीतिक हस्तक्षेप र आन्दोलनको प्रभावका कारण अस्तव्यस्त बन्ने गरेको छ।
यसै हप्ता अमेरिकामा एक अनौठो घटना घटेको छ। अमेरिकाको पूर्वी टेक्ससको टेक्सरकाना सहरमा अचानक आएको तुफानसँगै माछाको वर्षा भएको थियो। यसलाई देखेर मानिस हैरान भएका थिए।
मत संख्या भन्दा पनि मतभारका आधारमा निर्वाचित हुने प्रणाली भएकाले गण्डकी प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवारले जित्ने निश्चित भएको छ। गण्डकी प्रदेशबाट राष्ट्रिय सभाका लागि तीन सदस्य चयन हुनेछन्।
नाक र कानसम्बन्धी समस्याले थला परेका हुम्लाका दुई बिरामीको हेलिकोप्टरमार्फत उद्धार गरिएको छ। उत्तरी नाम्खा गाउँपालिका–४ का ५० वर्षीय लामु तामाङ र २५ वर्षीय पाल्जोर तामाङको उद्धार गरिएको हो।
नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारको नाम टुंगो लगाएको छ। अध्यक्ष पुष्पकमल दाहालले पार्टीको भागमा परेको पाँच सिटमा उम्मेदवारको टुंगो लगाएका छन्।
सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेलीटोल नजिक उनले चलाएको ग११प ५४४४ नम्बरको मोटरसाइकलले सडक पार गर्ने क्रममा बुटवलबाट बेलहिया जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले ठक्कर दिँदा दुर्घटना भएको हो।
प्रधानमन्त्री शेरबहादुर देउवा सुनसरी जाने भएका छन्। सुनसरीको धरानमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन देउवा आज हेलिकोप्टरमार्फत त्यसतर्फ जान लागेका हुन्।
महानगरपालिकाको जनकल्याणकारी योजनाअन्तर्गत महानगरका सबै वडाका छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरणको काम सुरु भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए।
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता दीर्घ सोडारीका छोरालाई प्रहरीले पक्राउ गरेको छ। सवारी ज्यान मुद्दामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पछिल्लो पटक जिल्लाको ठोरी र धोविनि गाउँपालिकाले निजी तथा समुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गराएका छन्। यस अगाबै जिराभवानीले पठनपाठन बन्दगराईसकेको थियो।